भारतीय केराले नेपाली किसानलाई टेन्सन

चितवन । भारतीय केराको आयातले स्वदेशमा उत्पादित केराको बजारलाई प्रभावित बनाएको छ । भारतबाट वैध र अवैध दुवै रुपमा भित्रिएको केराले बजार प्रभावित बनाएको हो ।
चितवन केरा उत्पादक सङ्घका अध्यक्ष माधव घिमिरेका अनुसार अहिले यहाँको केरा बजारीकरणका लागि तयारी अवस्थामा छन् । बजारमा भारतीय केराले स्थान पाउँदा यहाँको उत्पादनले सहजै बजार पाउन कठिन भएको उनले बताए ।
भारतमा ठूला र चिल्ला केरा उत्पादन हुने हुँदा यहाँका केराको तुलनामा भारतीय केरामा ग्राहकको आँखा पर्ने गर्दछ । नेपालको बजारमा ४० प्रतिशत केरा भारतबाट आउने गर्दछ । थोरै केरामात्र भन्सार तिरेर आउने गरेको भए पनि धेरै अवैध रूपमा भित्रने अध्यक्ष घिमिरेको दाबी छ ।
उनले भने, “कृषिको अरू उत्पादन सहज आउन रोक्दा केरालाई सरकारले रोक्दैन ।” केरा आयातमा रोक लगाइएमा नेपालमा आत्मनिर्भर हुनसक्ने गरी उत्पादन गर्न सकिने उgको भनाइ छ । देशकै सबैभन्दा बढी केरा उत्पादन हुने चितवनमा तीन हजार दुई सय हेक्टर हाराहारीमा केरा खेती हुँदै आएको छ । यहाँका सात सय बढी किसान केराखेतीमा संलग्न छन् ।
हरियो केरा, चिनी चम्पा, माल्भोग जातका केरा व्यावसायिक रूपमा लगाइएको छ । चैतदेखि साउन सम्मलाई किसानले केरा उत्पादनको मुख्य सिजनको रूपमा लिने गर्दछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
-
अशोक सिंह विष्टसहितका नेविसंघका ६ जना नेता निष्कासित
-
मुम्बई र पञ्जाबको आईपीएल खेल धर्मशालाबाट अहमदाबाद सारियो
-
मकवानपुर महिला गोल्डकपको उपाधि एपीएफले जित्यो
-
एक सातादेखि पूर्वराजा ज्ञानेन्द्र नगरकोटमा, राजावादीसँग तारन्तार भेट
-
१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ