मुम्बई र पञ्जाबको आईपीएल खेल धर्मशालाबाट अहमदाबाद सारियो
काठमाडौँ । भारत र पाकिस्तानबिचको तनावको असर इन्डियन प्रिमियर लिग (आईपीएल) मा परेको छ । मे ११ मा हिमाचाल प्रदेशको धर्मशालामा हुने पञ्जाब किंग्स र मुम्बई इन्डियन्सबीचको आईपीएल खेल अहमदाबादमा सारिएको हो ।
गुजरात क्रिकेट संघका सचिव अनिल पटेलले पीटीआईलाई यो कुराको पुष्टि गरे। पटेलले भने, ‘बीसीसीआईले हामीलाई अनुरोध गर्यो र हामीले स्वीकार गर्यौं।’ बीसीसीआईले पनि यसको पुष्टि गरेको छ ।
आज धर्मशालामा पञ्जाब किंग्सले दिल्ली क्यापिटल्सको सामना गरिरहेको छ। गत २२ अप्रिलमा पहलगाम आतंकवादी हमलाको प्रतिक्रियामा, भारतले मगलबार पाकिस्तान र पाकिस्तान नियन्त्रित कश्मीरका नौ वटा लक्ष्यहरूमा हवाई आक्रमण गरेको थियो। त्यसपछि, धर्मशालासहित देशको उत्तरी र पश्चिमी भागका कम्तीमा १८ विमानस्थलहरू बन्द गरिएको छ ।
बुधबार अहमदाबादको नरेन्द्र मोदी रंगशालामा बमको धम्की आएको थियो। गुजरात क्रिकेट संघ (जीसीए) लाई पाकिस्तानबाट धम्कीपूर्ण इमेल प्राप्त भएको बताइएको छ ।
धम्कीपछि प्रहरीले बम स्क्वाडसहित रंगशालाको निरीक्षण गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
सुदूरपश्चिममा कृषिका ठुला योजना निरन्तर अलपत्र, कार्यान्वयन नहुँदै फेरि बजेट विनियोजन
-
कञ्चनपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण