नक्कली नोटसहित हेटौँडाबाट एक जना पक्राउ
मकवानपुर । प्रहरीले हेटौँडाबाट नेपाली रुपैयाँ ५ सय दरका १ सय ८६ थान नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धादिङ गंगाजमुना गाउँपालिका वडा नम्बर २ घर भई हाल हेटौँडा–८ बसोबास गर्दै आएका ४२ वर्षीय रामकृष्ण अधिकारी रहेका छन् ।
उनलाई गए राति बिहान सवा एक बजेको समयमा पूर्व–पश्चिम लोकमार्गस्थित रातोमाटेमा पक्राउ गरिएको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी श्यामु अर्यालले जानकारी दिए ।
उनका अनुसार बर्दिबासबाट हेटौँडातर्फ आउँदै गरेको बा. ३३ प ९९८३ नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा अधिकारीलाई उक्त परिमाणको नक्कली नोटसहित पक्राउ गरी नियन्त्रणमा लिएको थियो ।
प्रवक्ता अर्यालका अनुसार प्रहरी चौकी रातोमाटेमा खटिएको प्रहरी टोलीले शङ्का लागेपछि उनको शरीर र झोला जाँच गर्दा झोलाभित्र लुकाएर राखिएको अवस्थामा ५०० दरका नक्कली नोट १८६ थान फेला परेको हो । बरामद नोटको कुल रकम ९३, हजार रुपैयाँ बराबर रहेको छ ।
अधिकारीलाई पक्राउ गरी मुद्रा सम्बन्धी कसुरअन्तर्गत अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रवक्ता अर्यालले बताए । उनले मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान अगाडि बढाएको जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण