१२ कक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा एक प्रिन्सिपल सहित ६ जना पक्राउ
बिहीबार, २५ वैशाख २०८२, २१ : ०८
काठमाडौँ । कक्षा १२ को प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले काठमाडौँको साइपाल कलेजका प्रिन्सिपललाई पक्राउ गरेको छ ।प्रिन्सिपल गणेश जोशी सहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले रातोपाटीलाई बताए ।
सुकेधारामा सञ्चालित साइपाल कलेजका कर्मचारीहरूको मिलेमतोमा होटल मेनेजमेन्ट विषयका प्रश्नपत्र आउट गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
पक्राउ पर्नेमा कञ्चनपुरको भिमदत्त नगरपालिका घर भएका ३३ वर्षीय जोशी, क्याम्पस कोअर्डिनेटर काभ्रे घर भएकी ३७ वर्षीय संज्ञा खतिवडा, परीक्षा डिपार्टमेन्टमा कार्यरत नुवाकोट घर भएका रोश श्रेष्ठ छन् ।
घटनामा संलग्न बैतडी घर भएका ३० वर्षीय जीवन कुमार मडै र १७ वर्षका दुई जना किशोरलाई पक्राउ गरेर प्रहरी वृत्त महाराजगन्जले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्च अदालतमा साउन ११ देखि नियमति सुनुवाइ हुने
-
पुस मसान्तभित्र लेखापरीक्षण गरीसक्न सञ्चारमन्त्रीको निर्देशन
-
सरकारसँग अध्यक्ष बानियाँकाे आग्रह : बीमा व्यवस्था र ट्राफिक जरिवानाको पुनरवलोकन गरियोस्
-
देउवा समूहले बीपी स्मृति दिवसमा छुट्टै कार्यक्रम गर्ने
-
स्पेनको सफलताको रहस्य : दे ला फुएन्तेको ‘मानवीय दर्शन’ र लामिन यामालको जादु
-
सर्लाहीमा एक युवकले गरे आत्मदाह प्रयास, हेलिकोप्टरबाट काठमाडौँ ल्याइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण