सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
काठमाडौँ । नेपाली कांग्रेसकी नेतृ एवम् पूर्व उपप्रधान एवम् परराष्ट्रमन्त्री सुजाता कोइराला नेतृत्वको कांग्रेस प्रतिनिधिमण्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरूबिच छेन्दुमा भेटवार्ता भएको छ । बुधवार कोइराला नेतृत्वको प्रतिनिधिमण्डल र चीनको सिचवान प्रान्तका प्रमुख नेताहरूबिच भेटवार्ता भएको हो ।
भेटमा आपसी सद्भाव र सहयोग अभिवृद्धिसँगै कृषि, शिक्षा, स्वास्थ्य, सञ्चार, पर्यटन लगायतका विषयमा गर्न सकिने सहकार्यबारे समेत छलफल भएको भेटमा सहभागी नेता बर्मा लामाले जानकारी दिए ।
नेतृ कोइरालाले लिखित मन्तव्य राख्दै चीन नेपालको एक असल छिमेकी भएको र चीनको चासोको विषयमा नेपाली कांग्रेस र नेपाल सरकार सदैव सचेत रहेको जानकारी गराइन् । उनले नेपाल र नेपालीको हित र विकासका लागि चीनले पुर्याउँदै आएको सहयोगको पनि सराहना गरिन् ।
नेता लामाले यो भेटले चिनियाँ कम्युनिस्ट पार्टी र कांग्रेसबिचको सम्बन्ध अझै बलियो बनाउन मद्दत पुग्ने बताए । भेटमा कांगेसका १५ जना नेता सहभागी थिए । चीनको तर्फबाट सीपीसी सिचवान प्रान्तका स्थायी कमिटी सदस्य पुबु डुन्झु, सीपीसी सिचवानकै विदेश विभाग निर्देशक झाङ फेन लगायत ८ जना नेता सहभागी थिए ।
चिनियाँ नेताहरूले नेपालसँगको सांस्कृतिक सहकार्य र विकासलाई पनि सँगसँगै अघि बढाउन इच्छा व्यक्त गरेका थिए । भेटवार्ताअघि कोइराला नेतृत्वको टोलीले सिचवानको प्रसिद्व म्युजियम र सांस्कृतिक क्षेत्रको अवलोकन गरेको थियो ।
कोइरालासहितको टोली चार दिन छेन्दुमा बसेर बेइजिङ पुग्नेछ । बेइजिङमा पनि चिनियाँ नेताहरूसँग सौहार्दपूर्ण भेटवार्ताको कार्यक्रम रहेको नेतृ कोइरालाले जानकारी दिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ
-
उत्पादन वृद्धि र लागत कम गर्न किसानलाई कृषि सामग्री
-
वातावरणमैत्री स्रोतको उपयोगमा जोड दिन आवश्यक छ: उपराष्ट्रपति
-
वातावरण सुधारका गतिविधि प्रवर्द्धन गर्न राष्ट्रपतिको आह्वान
-
विश्व वातावरण दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण