प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
बिहीबार, १५ फागुन २०८१, ०४ : ४९
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र म्यान्चेस्टर युनाइटेड दुबै विजयी भएका छन् । बुधबार राती भएका खेलमा म्यान्चेस्टर सिटी टोटनह्याम हट्स्परलाई १-० ले हराउँदै अंक तालिकाको चौथो स्थानमा उक्लियो ।
म्यान्सिटीलाई जिताउन एर्लिङ हालाण्डले निर्णायक गोल गरे । खेलको १२ औं मिनेटमा गोल गरेका हालाण्डले अतिरिक्त समयमा गरेको प्रहारलाई भीएआरले विफल गरिदियो ।
उता, म्यान्चेस्टर युनाइटेडले इप्सविच टाउनसँग ३-२ को संघर्षपूर्ण जित निकाल्यो । म्यानयुका लागि माथिजिस डी लिट र ह्यारी मेगोइरले एक-एक गोल गर्दा एक गोल आत्मघाती उपहार पायो । इप्सविचका लागि जेडन फिलोजेनीले दुई गोल फर्काए । यो जितपछि म्यान्चेस्टर सिटीको २७ खेलबाट ४७ अंक भएको छ भने म्यानयुको जम्मा ३३ अंक भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण