प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
बिहीबार, १५ फागुन २०८१, ०५ : ०३
काठमाडौं । इंग्लिश प्रिमियर लिगमा शीर्ष स्थानको लिभरपुल विजयी हुँदा दोस्रो स्थानको आर्सनल बराबरीमा रोकिएको छ । वुधबार राती लिभरपुलले घरेलु मैदानमा न्यूक्यासल युनाइटेडविरुद्ध २-० गोल अन्तरको जित निकाल्यो ।
लिभरपुललाई जिताउन डोमिनिक स्जोबोस्जलाई र एलेक्सिस म्याक एलिस्टरले एक-एक गोल गरे । यो जितसँगै शीर्ष स्थानको लिभरपुलको २८ खेलबाट ६७ अंक भएको छ ।
उता, दोस्रो स्थानको आर्सन तेस्रो स्थानको नटिङघमसँग गोलरहित बराबरीमा रोकिन पुगेको छ । दुबैले अंक बाँड्दा समान २७ खेलबाट आर्सनलको ५४ र नटिङघमको ४८ अंक भएको छ ।
प्रिमियर लिग मै ब्रेन्टफोर्ड र एभर्टनले समेत १-१ को बराबरी खेल्दै अंक बाँडे । ब्रेन्टफोर्ड तालिकाको ११ औं स्थानमा रहँदा एभर्टन १५ औं स्थानमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण