अब १८ वर्ष उमेर नपुगी मोटरसाइकल चलाउन नपाइने

काठमाडौँ । सरकारले सवारी चालक अनुमति पत्र प्राप्त गर्ने उमेर हद बढाउने तयारी गरेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सवारी तथा यातायात व्यवस्थापन ऐन २०८१ मा सो व्यवस्थाका लागि मस्यौदा तयार गरेको छ ।
सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा मोटरसाइकल तथा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारीको चालक अनुमति पत्र प्राप्त गर्न १६ पुगेको हुनुपर्ने व्यवस्था छ । नयाँ ऐनका लागि १८ वर्ष उमेर हद कायम गर्न मस्यौदा तयार गरिएको मन्त्रालयको भनाइ छ ।
यस्तै हाल ठुलो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि २१ वर्ष उमेर हुनुपर्नेमा अब २३ वर्ष हुनुपर्ने प्रस्ताव गरिएको छ ।
यसैगरी मझौला तथा सानो सवारी चालक अनुमति पत्र प्राप्त गर्नका लागि भने २१ वर्ष हुनुपर्ने उमेर हद प्रस्ताव गरिएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भने १८ वर्ष उमेर पुगेका नागरिकले मझौला तथा साना सवारी सञ्चालन गर्न पाउने व्यवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोहलपुरमा भूमिहीन दलितलाई जग्गाधनी प्रमाणपत्र वितरण
-
दोलखाको भीमेश्वर नगरपालिकामा ‘सोक्ला रक क्लाइम्बिङ महोत्सव’ सुरु (तस्बिरहरु)
-
वैभवलाई अस्ट्रेलियाका महान् खेलाडीको सुझाव
-
प्रधानमन्त्री ओलीले भने– ‘हाम्रो कसैप्रति झुकाव हुँदैन, कसैसँग संलग्न हुँदैनौ’
-
पिता मदनमणिले इल्यालाई भने— अहो ! तिमी त निकै राम्रो लेख्दी रहिछौ !
-
थाइल्यान्डमा एक सशस्त्र आक्रमणकारीले गोली चलाउँदा तीन जनाको मृत्यु