कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुँदै
सुर्खेत । कर्णालीमा दोस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव हुने भएको छ । फागुन २५ र २६ गते प्रदेश राजधानी वीरेन्द्रनगर र दैलेखको गुराँस गाउँपालिकामा गरी दुई चरणमा महोत्सव सञ्चालन हुने भएको हो ।
आयोजक संस्था रेडचेरी मिडिया प्रालिका अनुसार फागुन २५ गते उद्घाटन र चलचित्र संवाद वीरेन्द्रनगरमा गरिने छ । यस्तै दोस्रो फागुन २६ गते गुराँस गाउँपालिकामा पर्यटन तथा जलवायु अवार्ड समारोह गरिने छ ।
कर्णालीमा भएका सम्भावनाहरूलाई राष्ट्रिय र अन्तराष्ट्रियस्तरमा पुर्याउने उद्देश्यसहित कार्यक्रम गर्न लागिएको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले जानकारी दिए ।
‘यहाँका पर्यटकीय स्थल, धार्मिक स्थल, चलचित्रका छायाङ्कन स्थल, यहाँका कथा, संस्कृतिलाई चलचित्र निर्माता, निर्देशक सम्बन्धित व्यक्तिहरूमा प्रचार, प्रसार गर्ने उद्देश्य हो,’ उनले भने ।
महोत्सवले कर्णालीको प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र सामाजिक मुद्दाहरूलाई उजागर गर्ने महोत्सवमा सल्लाहकार डा. महेन्द्रकुमार मल्ले बताए ।
महोत्सवमा कलाकार प्रदीप खड्का, अभिनेत्री सुरक्षा पन्त सहभागी हुने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण