प्रिमियर लिगमा वेष्ट ह्याम युनाइटेडको सहज जित
शुक्रबार, १६ फागुन २०८१, ०४ : ५०

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाइटेड विजयी भएको छ । बिहीबार राती भएको खेलमा वेष्ट ह्यामले लेस्टर सिटीलाई २-० ले हरायो ।
२१ औं मिनेटमा थोमस सौसेकले गोल गर्दा ४३ औं मिनेटमा लेस्टरका जननिक भेस्टरगार्डले आत्मघाती गोल गरेसँगै वेष्ट ह्यामले घरेलु मैदानमा २-० को सहज जित निकालेको हो ।
यो जितपछि वेष्ट ह्याम ३३ अंकसहित १५ औं स्थानमा उक्लिएको छ । लेस्टर सिटी भने रेलिगेशन जोनमा छ । शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ भने दोस्रो स्थानमा रहेको आर्सनलको ५४ र तेस्रो स्थानको नटिङघमको ४८ अंक छ ।