रौतहटमा १० प्रतिवादी र १ जना तस्कर पक्राउ
रौतहट। फैसला कार्यान्वयन अभियान अन्तर्गत जिल्ला प्रहरी कार्यालय रौतहट तथा मातहतका युनिटहरूले एकै दिनमा १० जना फरार प्रतिवादी र १ जना तस्कर पक्राउ गरेको छ।
विभिन्न मुद्दामा अदालत बाट दोषी ठहर भई दण्ड सजाय तोकिएर लामो समय देखि फरार रहेका १० जना प्रतिवादी र १ जना तस्कर गरी ११ जनालाई जिल्लाको विभिन्न स्थानबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा कुटपिट मुद्दाका सफी आलम, कुटपिट तथा कुटपिट मुद्दाका रुवाना खातुन, जालसाजी मुद्दाका महेन्द्र साह, जुवामा शेख हैदर अली, किरते जालासजीमा नन्दकिशोर राम रहेका छन् ।
त्यस्तै वन मुद्दामा राम एकवाल चौधरी, मोटरसाइकल चोरीमा निरञ्जन पासवान, चेक अनादरमा प्रभु हजार, घरेलु हिंसामा मेघु हजरा र शिक्षा सम्बन्धी मुद्दामा सुनिता कुमारी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताए। उनीहरूलाई फैसला कार्यान्वयन लागि जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिए।
उता सीमावर्ती भारतीय बजारबाट २ लाख ११ हजार ५० रुपैयाँ बराबरको भन्सार छलीका विभिन्न सामान ल्याउँदै गरेका गरुडा नगरपालिका ६ का २० वर्षीय पवन कुमार यादवलाई प्रहरीले पक्राउ गरी सामान र मोटरसाइकलसहित जिल्ला भन्सार कार्यालय गौरमा बुझाएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
-
ग्वार्कोमा चोरी गर्न आएको आरोपमा निर्घात कुटपिट गरी हत्या
-
कतिपय मानिसलाई लामखुट्टेले किन धेरै टोक्छ ?
-
पोखरा र काठमाडौँसहित देशका अधिकांश सहरमा वर्षाको सम्भावना
-
विश्वकपको खेल विवादमा अर्जेन्टिनी फुटबल संघको इमेल ह्याक
-
मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण