तातोपानीबाट चोभार सुक्खा बन्दरगाहमा आउन थाले सवारी साधन
काठमाडौँ । तातोपानी नाकाबाट भन्सार जाँचपासका लागि मालवाहक सवारी सवारीसाधन चोभार सुक्खा बन्दरगाहमा आउन थालेका छन् ।
यसअघि दक्षिणी नाका वीरगञ्जबाट मात्रै कन्टेराइज्ड कार्गो र नयाँ सवारी साधनहरू भन्सार जाँच पासका लागि आउने गरेका थिएि । बिहीबारदेखि भने तातोपानी नाकाबाट पनि आउन थालेको हो ।
२०७८ चैत्र २२ देखि सञ्चालनमा आएको चोभारमा सुक्खा बन्दरगाहमा फागुन १५ गते बिहीबार कोभेक–क्रिग–कालिका जोइन्ट भेन्चर कम्पनीले आयात गरेको सामग्री बोकेका सवारी पहिलोपटक आएका थिए । कम्पनीको हाइड्रोपावरको सामान बोकेका ४ वटा कन्टेनरहरू भन्सार जाँचपासका लागि सीधै चोभार आइपुगेका जनाइएको छ ।
अर्थ मन्त्रालयले २०८१ कार्तिकमा राजपत्रमा सूचना प्रकाशित गरी तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभारस्थित सुक्खा बन्दरगाह भन्सार कार्यालयमा भन्सार जाँचपासका लागि सामान ल्याउन चाहने पैठारीकर्ताको लागि सडक मार्ग तोकेको थियो ।
यसअघि दक्षिणी नाकाहरू वीरगञ्ज, विराटनगर, काँकडभिट्टा र भैरहवा भन्सार कार्यालयबाट ल्याउन पाइने व्यवस्था थियो । तातोपानी नाकाबाट समेत मालवस्तु आउन थालेपछि चोभारमा थप चहलपहल बढ्न थालेको छ ।
उक्त सुक्खा बन्दरगाह पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन थप टेवा पुग्ने नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशीष गजुरेलले बताए । पर्याप्त भौतिक पूर्वाधार, न्यूनतम सेवा शुल्कलगायत स्तरीय सेवा प्राप्त हुने भएकोले आगामी दिनमा आयात निर्यातकर्ताहरूले नियमित रूपमा मालवाहक सवारीसाधन चोभार आउने जानकारीसमेत दिए ।
त्यसैगरी आगामी दिनमा रसुवा नाकाबाट पनि सवारी साधन तथा कन्टेनर आउने वातावरण बनेको जनाइएको छ ।
काठमाडौँमा आयात हुने सामान र काठमाडौँ वरिपरिबाट निर्यात गर्न चोभारबाट स्तरीय सेवा दिइने हुँदा यस बन्दरगाहको अधिकतम प्रयोग गर्न व्यवसायीहरूलाई कार्यकारी निर्देशक आशीष गजुरेलले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण