अध्यादेश पारित गर्न खोज्नु सरकारको कर्तव्य हो : महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएका अध्यादेशहरू पारित गर्न खोज्नु सरकारको कर्तव्य भएको बताएका छन् । आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।
‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन’, महासचिव पोखरेलको भनाइ छ ।
बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ । महासचिव पोखरेलका अनुसार जयचन्द्र सुवार, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको हो ।
त्यसैगरी बैठकमा ताप्लेजुङको पाथीभरा केबलकार निर्माणबारे भएको विवादमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्ने र निर्माण प्रक्रिया अघि बढ्ने कुरामा चासो राख्दै सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्नवान गरेको छ ।
बैठकले एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र अनुशासन आयोगका अध्यक्ष केशव बडालको पत्नी शान्ति बडालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रारा राष्ट्रिय निकुञ्जमा एनटिएनसीको फिल्ड कार्यालय उद्घाटन
-
गैडाकोटको जुक्तिखोलामा पौडी खेल्ने क्रममा दुई किशोरको मृत्यु
-
समयमै काम नसकिएपछि थपियो फ्लडलाइट सहितको रङ्गशाला बनाउन दुई महिना
-
बागमती प्रदेशमा वैशाख २४ गते सार्वजनिक विदा
-
एनओसी नलिइ अध्ययनका लागि भारत जाने विद्यार्थीको यकिन तथ्याङ्क छैन : शिक्षामन्त्री
-
व्यवस्थाविरूद्ध हुने गतिविधिको प्रतिवाद गर्ने सरकारको नीतिप्रति राप्रपाको आपत्ति