अध्यादेश पारित गर्न खोज्नु सरकारको कर्तव्य हो : महासचिव पोखरेल
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले ल्याएका अध्यादेशहरू पारित गर्न खोज्नु सरकारको कर्तव्य भएको बताएका छन् । आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव पोखरेलले सरकारले ल्याएका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य भएको भन्दै सरकारको प्रयासलाई स्वाभाविक रूपमा लिनुपर्ने बताएका हुन् ।
‘सरकारले जारी गरेका अध्यादेश पारित गर्न खोज्नु कर्तव्य हो । त्यसलाई आलोचनाको विषय भन्न मिल्दैन’, महासचिव पोखरेलको भनाइ छ ।
बैठकले सुदूरपश्चिम प्रदेशले प्रदेश कमिटी सदस्य नियुक्त गर्न गरेको सिफारिस अनुमोदन गरेको छ । महासचिव पोखरेलका अनुसार जयचन्द्र सुवार, रामबहादुर बुढा, नन्दबहादुर सिंह कडायत र अमर विकको नाम अनुमोदन गरेको हो ।
त्यसैगरी बैठकमा ताप्लेजुङको पाथीभरा केबलकार निर्माणबारे भएको विवादमा स्थानीय जनप्रतिनिधि र सरोकारवालासँग छलफल गरेर समस्या समाधान गर्ने र निर्माण प्रक्रिया अघि बढ्ने कुरामा चासो राख्दै सहज वातावरण बनाउन सम्बन्धित पक्षलाई आह्नवान गरेको छ ।
बैठकले एमाले केन्द्रीय उपाध्यक्ष युवराज ज्ञवालीका दाजु फणीन्द्र ज्ञवाली र अनुशासन आयोगका अध्यक्ष केशव बडालको पत्नी शान्ति बडालप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रङ्गमञ्चमा फिल्म स्टारको लर्काे : अभिनयको तिर्खा कि नयाँ अवसरको खोजी ?
-
रुकुम पश्चिममा जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ
-
अयोध्या पुगे भारत भ्रमणमा रहेका लामिछाने (तस्बिरहरू)
-
स्टार कलाकारको प्रवेश रङ्गमञ्च विकासका लागि उत्साहजनक सङ्केत
-
‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’
-
‘रङ्गमञ्च प्रवेशपछि मभित्रको ‘स्टारडम’ को अहङ्कार मेटियो’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण