चुडामणि शर्माको मुद्दा न्यायाधीशद्वय श्रेष्ठ र पौडेलको इजलासमा

काठमाडौँ । कर फर्छ्योट आयोग भ्रष्टाचार मुद्दामा दोषी ठहर भइ डिल्लीबजार कारागारमा रहेका निलम्बित सहसचिव चुडामणि शर्माको मुद्दामा आज सुनुवाइ हुँदैछ । सुनुवाइका लागि सर्वोच्च अदालतका न्यायाधीशहरू तीलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासमा पेशी तोकिएको छ ।
उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन १ गते १० अर्ब राजस्व चुहावट गरी राज्यलाई हानी पुर्याएको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । २०८० जेठमा न्यायाधीशत्रय श्रीकान्त पौडेल, यमुना भट्टराई र शालिग्राम कोइरालाको इजलासले दोषी ठहर गर्दै ९ वर्ष कैदउसहित बिगो र जरिवाना गरी ६ अर्ब १५ करोड १७ लाख रुपैयाँ तिराउन आदेश गरेको थियो ।
उक्त फैसलाविरुद्ध गत साउनमा उनी बन्दी प्रत्यक्षीकरणको निवेदन लिएर सर्वोच्च गएका थिए । फौजदारी कानुनमा १० वर्षसम्म कैद सजाय पाएका आरोपीले थुनाबाहिर रहेरै पुनरावेदन गर्न पाउने भए पनि बिगो र जरिवानाबापतको धरौटी बुझाउन नसकेर थुनामा बस्नुपरेको भन्दै उनले निवेदन दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतका २४ विमानस्थल नागरिक सेवाका लागि बन्द, मार्सल तैनाथ
-
पाकिस्तानले सम्पूर्ण पश्चिमी सीमामा आक्रमण गरेको भारतीय सेनाको आरोप, पाकिस्तानद्वारा अस्वीकार
-
आईपीएलको विषयमा निर्णय लिन बीसीसीआईको बैठक बस्दै
-
फ्राइडे रिलिज : भिड्दै ‘ऊनको स्वीटर’ र ‘जार’
-
नमोबुद्धका बालबालिकामा ‘हेपाटाइटिस’ सङ्क्रमण
-
भारत पाकिस्तान तनाव : अमेरिका युद्धमा संलग्न नहुने