पोखरामा चौतारो काट्नेलाई अझै भएन कारबाही
पोखरा । माघ दोस्रो साता पोखरामा वरपीपल, शमी जातका सयौँ वर्ष पुराना रुख तथा चौतारो नष्ट भएकोमा सर्वत्र आलोचना भयो । तर, दोषी हालसम्म कारबाहीको दायरामा आइसकेका छैनन् ।
महानगरपालिकाले दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म नतिजा आउन सकेको छैन । महानगरले वन कार्यालयलाई देखाउने र वनले महानगरलाई पन्छाउने गर्दा दोषी उम्किएका हुन् । यद्यपि सरोकारवालाहरूले कारबाहीको माग निरन्तर गरिरहेका छन् । गत फागुन ९ गते जिल्ला समन्वय समितिले दोषीलाई कारबाही गर्न सर्वपक्षीय बैठकबाट निर्णय गरेर प्रदेशको वन मन्त्रालयदेखि पोखरा महानगरसम्मलाई ध्यानाकर्षण गराएको थियो ।
उक्त निर्णय कार्यान्वयन नभएपछि वातावरण संरक्षणका लागि महाअभियान कास्कीले दबाबका लागि पोखरा महानगरपालिका कार्यालयको पर्खालमा हरियो ब्यानर टाँसिदिएको छ । जसमा लेखिएको छ, ‘पोखरा महानगर...’ बर–पीपल चौतारी नष्ट गर्नेहरुविरुद्ध जिल्ला समन्वय समिति कास्कीमा फागुन ९ गते भएको निर्णयलाई हुबहु कार्यान्वयन ल्याऊ ।’
अभियानका संयोजक रामबहादुर पौडेलले पोखराको गहनाको रूपमा रहेका वर्षौँ पुराना वरपीपल मास्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा बताए । कारबाही नहुँदासम्म दबाब जारी राख्ने उनको भनाई छ ।
महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना विवरण संकलनको काम भइरहेको भन्दै दोषी उम्कन नपाउने दाबी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आर्थिक विधेयकको त्रुटि : घटेको २० पेजमा के-के विषय सच्याइयो ?
-
ध्वनि प्रदूषण गर्ने मोटरसाइकल धमाधम नियन्त्रणमा लिइँदै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
के एसियाली च्याम्पियन कतार नकआउट चरणमा पुग्न सक्छ ?
-
चुरोट र बिडीले पुरुषको यौन स्वास्थ्यलाई पुर्याउँछ हानी ?
-
रड प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण