पोखरामा चौतारो काट्नेलाई अझै भएन कारबाही

पोखरा । माघ दोस्रो साता पोखरामा वरपीपल, शमी जातका सयौँ वर्ष पुराना रुख तथा चौतारो नष्ट भएकोमा सर्वत्र आलोचना भयो । तर, दोषी हालसम्म कारबाहीको दायरामा आइसकेका छैनन् ।
महानगरपालिकाले दोषीमाथि छानबिन गरी कारबाही गर्ने प्रतिबद्धता जनाएपनि हालसम्म नतिजा आउन सकेको छैन । महानगरले वन कार्यालयलाई देखाउने र वनले महानगरलाई पन्छाउने गर्दा दोषी उम्किएका हुन् । यद्यपि सरोकारवालाहरूले कारबाहीको माग निरन्तर गरिरहेका छन् । गत फागुन ९ गते जिल्ला समन्वय समितिले दोषीलाई कारबाही गर्न सर्वपक्षीय बैठकबाट निर्णय गरेर प्रदेशको वन मन्त्रालयदेखि पोखरा महानगरसम्मलाई ध्यानाकर्षण गराएको थियो ।
उक्त निर्णय कार्यान्वयन नभएपछि वातावरण संरक्षणका लागि महाअभियान कास्कीले दबाबका लागि पोखरा महानगरपालिका कार्यालयको पर्खालमा हरियो ब्यानर टाँसिदिएको छ । जसमा लेखिएको छ, ‘पोखरा महानगर...’ बर–पीपल चौतारी नष्ट गर्नेहरुविरुद्ध जिल्ला समन्वय समिति कास्कीमा फागुन ९ गते भएको निर्णयलाई हुबहु कार्यान्वयन ल्याऊ ।’
अभियानका संयोजक रामबहादुर पौडेलले पोखराको गहनाको रूपमा रहेका वर्षौँ पुराना वरपीपल मास्नेलाई तत्काल कारबाहीको दायरामा ल्याउनुपर्नेमा बताए । कारबाही नहुँदासम्म दबाब जारी राख्ने उनको भनाई छ ।
महानगरका प्रवक्ता मोतीलाल तिमिल्सिना विवरण संकलनको काम भइरहेको भन्दै दोषी उम्कन नपाउने दाबी गर्छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?
-
म्यानमारबाट उद्धार गरिएका १२ जना नेपाली नागरिक स्वदेश फिर्ता
-
जमिन भासिएर गाडी बेपत्ता प्रकरण : प्रारम्भिक अध्ययन पश्चात् फर्कियो भूगर्भविद्को टोली
-
सशस्त्र प्रहरी बलको प्रवक्तामा डीआईजी कालिदास धौवजी
-
प्रदीप नेपालको निधनमा प्रतिनिधिसभाले पारित गर्यो शोक प्रस्ताव
-
तीन दिनसम्म बनेपामा चण्डेश्वरी जात्रा मनाइँदै