फ्राईडे रिलिज : एक्लै आयो ‘होस्टेल ३’

काठमाडौँ । आज (शुक्रबार)बाट देशभर फिल्म ‘होस्टेल ३’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको छ । यद्यपि देयभरका फिल्म हलको सबै शो भने फिल्मले पाएको छैन । किनभने गतसाता रिलिजमा आएका तीन फिल्म ‘लाज शरणम्’्, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ले अझै धेरै स्टेसन कब्जा जमाएर बसेका छन् ।
‘होस्टेल ३’ सशान कँडेलले निर्देशन गरेका हुन् । ‘होस्टेल’को तेस्रो संस्करणको रुपमा निर्माण भएको फिल्म युवा पुस्तालाई लक्षित छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।
सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माता रहेको फिल्ममा छायाङ्कन अर्जुन तिवारी र सम्पादन विकास दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यु–१४ राष्ट्रिय विद्यालय खेलकुद : सय मिटरमा अदित्य र गौरीलाई स्वर्ण
-
भीमार्जुनको गीत ‘सम्झि रहे रातैभरि’ सार्वजनिक
-
तीनै तहका सरकार आर्थिक अनुशासनमा बस्न जरुरी छ : डा महत
-
नेपालमा सिख समुदायबाट पहिलो सैनिक बने करण सिंह
-
भिजिट भिसा प्रकरणमा छलफल गर्न प्रचण्डले बोलाए विपक्षी दलहरूको बैठक
-
अनेरास्ववियुको २४ औं महाधिवेशन आजदेखि, अध्यक्षका लागि ४ जना भिड्दै