फ्राईडे रिलिज : एक्लै आयो ‘होस्टेल ३’
काठमाडौँ । आज (शुक्रबार)बाट देशभर फिल्म ‘होस्टेल ३’ प्रदर्शनमा आएको छ । फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको यो फिल्मले एकल प्रदर्शनको अवसर पाएको छ । यद्यपि देयभरका फिल्म हलको सबै शो भने फिल्मले पाएको छैन । किनभने गतसाता रिलिजमा आएका तीन फिल्म ‘लाज शरणम्’्, ‘मायावी’ र ‘फेरि रेशम फिरिरि’ले अझै धेरै स्टेसन कब्जा जमाएर बसेका छन् ।
‘होस्टेल ३’ सशान कँडेलले निर्देशन गरेका हुन् । ‘होस्टेल’को तेस्रो संस्करणको रुपमा निर्माण भएको फिल्म युवा पुस्तालाई लक्षित छ । फिल्ममा पारस बम ठकुरी, सिम्रन पन्त, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटी, रिहान गिरी, समा पराजुली लगायत रहेका छन् ।
सुरेश कँडेल, कर्ण कार्की, गोविन्द अधिकारी निर्माता र शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर सह निर्माता रहेको फिल्ममा छायाङ्कन अर्जुन तिवारी र सम्पादन विकास दाहालको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्ववरिष्ठ उपरीक्षक साह नै ठगीमा परेपछि...
-
नबिल बैंक विश्वस्तरमा प्रतिष्ठित तीन वटा अवार्डबाट सम्मानित
-
इप्पानका प्रतिनिधि र भारतीय राजदूतबिच भेटघाट
-
एसियन गेम्स क्रिकेटमा नेपाल, अफगानिस्तान र जापान एउटै समूहमा
-
६ हजार व्यावसायिक प्रतिष्ठानलाई कारबाही
-
००८ सालमा नेकपाका संस्थापक महासचिव पुष्पलाललाई किन हटाइयो ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण