काठमाडौँमासहित ५ जना मृत फेला
शनिबार, २४ फागुन २०८१, १६ : १६

काठमाडौँ । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही ठाउँस्थित शारदा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- जाजरकोट, शिवालय गाउँपालिका-१ छेडास्थित छेडाचौर थलह-सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका-१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह सडको शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित मोहना नदीमा सोही ठाउँ बस्ने डोटी शिलगडी नगरपालिका-३ घर भएकी ८६ वर्षीया तुल्सी जोरा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० बजे, १० समाचार : छिमेकमै युद्धको खतरादेखि कामदार पठाउन सिन्डिकेटको प्रयाससम्म
-
नेपाल–भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै
-
भारत र पाकिस्तानलाई युद्ध रोक्न नागरिक समाजको अपिल
-
पाकिस्तानका प्रधानमन्त्रीले गरे भारतसँग बदला लिने उद्घोष
-
बसको ठक्करबाट एकको मृत्यु, एक गम्भीर घाइते
-
आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित