काठमाडौँमासहित ५ जना मृत फेला
शनिबार, २४ फागुन २०८१, १६ : १६
काठमाडौँ । संघीय राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा ५ जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ, गोकर्णेश्वर नगरपालिका-७ स्थित बागमती खोलाको बिच भागमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिन्धुपाल्चोक, सुनकोशी गाउँपालिका-१ डाँडागाउँ बस्ने ७२ वर्षीय मान बहादुर पहरी आफ्नै घरको आँगनमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- सल्यान, शारदा नगरपालिका-१५ स्यानिज्यूला बस्ने १८ वर्षीय चन्द्र शिखर खड्का सोही ठाउँस्थित शारदा नदीको किनारमा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- जाजरकोट, शिवालय गाउँपालिका-१ छेडास्थित छेडाचौर थलह-सडक खण्डको छेउमा छेडागार्ड नगरपालिका-१२ उम्रा बस्ने २३ वर्षीय राजु सिंह सडको शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- कञ्चनपुर, कृष्णपुर नगरपालिका-९ राजघाटस्थित मोहना नदीमा सोही ठाउँ बस्ने डोटी शिलगडी नगरपालिका-३ घर भएकी ८६ वर्षीया तुल्सी जोरा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण