एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको अध्यक्षमा अधिकारी
चितवन । एसोसिएसन अफ कन्सल्टिङ इन्जिनियर्स भरतपुरको पाँचौँ वार्षिक साधारणसभाबाट अध्यक्षमा ई.बिष्णु अधिकारी सर्वसम्मतले चयन भएका छन् । आगामी तीनवर्षे कार्यकालका लागि ई.विष्णु अधिकारीको अध्यक्षतामा एघार सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
नवनिर्वाचित उपाध्यक्षहरूमा ई. खेम थापाबहादुर मगर, ई.दामोदर ढकाल, सचिवमा ई.आशा शर्मा, सहसचिवमा ई.केदार अधिकारी र ई.शिवराम पौडेल, कोषाध्यक्षमा ई.जनार्दन देवकोटा रहेका छन् । यस्तै, सदस्यहरूमा ई.गौरव पराजुली, ई.हेमन्त श्रेष्ठ, ई.अमृत गिरी र रोशन भाट निर्वाचित भएका छन् ।
सो अवसरमा बोल्दै प्रमुख अतिथि भरतपुर महानगरपालिकाका मेयर रेनु दाहालले देश विकासमा अहम् भूमिका निर्वाह गर्ने इन्जिनियरहरूको भूमिकालाई राज्यले सही सदुपयोग गर्नुपर्ने बताए । उनले इन्जिनियरहरूको भूमिका महत्त्वपूर्ण रहेको बताए । भरतपुरको विकास र समृद्धिमा इन्जिनियरहरूको भूमिका अतुलनीय रहेको भन्दै उनले प्रशंसा समेत गरे ।
यसैगरी कार्यक्रममा बोल्दै नवनिर्वाचित अध्यक्ष ई.विष्णु अधिकारीले राष्ट्र निर्माणमा योगदान दिन सक्ने इन्जिनियरहरूको भूमिकालाई थप मजबुत बनाउँदै आफ्नो कार्यकाललाई सफल बनाउने प्रतिबद्धता व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द
-
दोस्रो कार्यकालमै दुई पटक बजेट शून्यतामा पुग्यो सुदूरपश्चिम सरकार
-
सिमखोलाले बगाएका स्कुटर चालक मृत फेला
-
रोकिएन ब्याजदर घट्ने सिलसिला, साउनका लागि ८ बैंकले घटाए (सूचीसहित)
-
विश्वका धेरै देशमा पहिलो पटक अमेरिकाभन्दा चीन बढी लोकप्रिय : प्रतिवेदन
-
जापानमा ‘एफएनजे ग्लोबल मिडिया कन्फ्रेन्स २०२६’ हुँदै, विश्वभरका नेपाली पत्रकार जुट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण