धवलागिरिमा एक सय पाँच योजना कार्यान्वयनमा
म्याग्दी । धवलागिरि गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ मा १०५ पूर्वाधारसम्बन्धी योजना कार्यान्वयनमा ल्याएको छ । गत असार र पुसको गाउँसभाबाट छनोट भई बजेट विनियोजन भएकामध्ये ७८ योजनाको सम्झौता भएको र २७ वटा सम्झौताको चरणमा रहेका गाउँपालिकाले जनाएको छ । सडक, खानेपानी, सिँचाइ, पहिरो तथा नदी नियन्त्रण, पदमार्ग, भवन, खेलमैदान निर्माणसम्बन्धी योजना रहेका छन् ।
प्रमुख प्रशासकीय अधिकृत मोतिप्रसाद अर्यालले ४, ५, ६ र ७ नम्बर वडामा पर्ने मुदी, मल्कवाङ, मराङ र ताकममा घुम्ती शिविरमार्फत ६५ योजनाको सम्झौता गरिएको जानकारी दिए । गाउँपालिकाको कार्यालय रहेको मुना आएर योजना सम्झौता गर्न अपायक पर्ने वडाका उपभोक्ता समितिसँगै वडा कार्यालयमा पुगेर सम्झौता गरिएको उनले बताए ।
चालु आर्थिक वर्षमा पूर्वाधार योजनाका लागि करिब रु १५ करोड बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा १५ प्रतिशत खर्च भएको छ । कुल रु ४७ करोड २९ लाख ५८ हजार बजेट विनियोजन भएकामा सात महिनाको अवधिमा २८ दशमलव ९१ प्रतिशत अर्थात रु १३ करोड ६७ लाख ५६ हजार ६७५ खर्च भएको छ ।
सङ्घीय विशेष अनुदान रु करोड १० लाख बजेट भएको मच्छिम–शिवाङ–हिलापोखरी एक घर एक धारा खानेपानी, सङ्घीय समपूरक रु ७० लाख बजेटको लुलाङ–गुर्जा सडक, प्रदेश समपूरक रु एक करोडको मुदी वडा कार्यालय र सङ्घीय विशेष अनुदान रु एक करोड बजेटको मुदी ढल निकास योजनालाई ठेक्का प्रक्रियामार्फत कार्यान्वयनमा लगिएको छ ।
गत वर्ष रु तीन करोड ८० लाखमा ठेक्का सम्झौता भएको लुलाङ–गुर्जा सडकमार्फत नौ किलोमिटर ५०० मिटर सडकको मार्ग खुलेको, ताकममा पाँच शय्या क्षमताको अस्पताल र घट्टेखोलामा प्रशासकीय भवन निर्माण अन्तिम चरणमा पुगेको गाउँपालिकाका पूर्वाधार शाखा प्रमुख लोकेन्द्र रावलले बताए ।
प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गका २२ योजना कार्यान्वयनको चरणमा छन् । जेठ महिनाभित्र योजना सम्पन्न गरिसक्ने लक्ष्यसहित उपभोक्ता समिति र निर्माण व्यवसायीलाई सहजीकरण, समन्वय, परिचालन र अनुगमनलाई तीव्रता दिएको गाउँपालिका उपाध्यक्ष रेशम पुनमगरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिग खेलहरू सुरु, मेस्सीबिनै इन्टर मियामीको विजयी सुरुआत
-
चक्रपथको कलंकी–बसुन्धारा खण्ड निर्माण दसैँ–तिहारपछि (तस्बिर)
-
उपचाररत कलाकार कोपिला थापालाई बोर्ड सदस्य लोहनीको आर्थिक सहयोग
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण