हङकङसँग २ रनले हार्यो नेपाल
काठमाडौँ । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय शृङ्खला अन्तर्गत सोमबार भएको खेलमा नेपाल हङकङसँग २ रनले पराजित भएको छ । हङकङले नेपालसामु जितका लागि १ सय १ रनको लक्ष्य प्रस्तुत गरेको थियो । तर, जवाफी ब्याटिङमा उत्रेको नेपालले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ९८ रन मात्र बनाउन सक्यो ।
नेपालका लागि कप्तान इन्दु वर्माले सर्वाधिक ३२ रन बनाइन् । उनले ३३ बलमा ३२ रन जोडिन् । पूजा महतोले २८ बलमा १९ रनको योगदान दिइन् ।
विन्दु रावलले १४ रन तथा साना प्रवीणले १० रन बनाइन् । खेलको अन्त्यतिर रोमा थापाले १२ बलमा १३ रन जोडे पनि टोलीलाई हारबाट जोगाउन सकिनन् ।
हङकङका लागि मारिको हिलले २ विकेट तथा मेइ वाई सियू र केरी चानले १–१ विकेट लिइन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हङकङले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय रन बनाएको थियो । टोलीका लागि ओपनर तथा कप्तान नताशा माइल्सले सर्वाधिक ३५ रनको योगदान दिइन् । उनले ४२ बलको सामना गर्दै ३ चौका हिर्काइन् ।
मारिको हिलले २६ बलमा २१ रन जोडिन् । त्यस्तै, केरी चानले १२ रन तथा यास्मिन दासवानीले ११ रन बनाइन् ।
नेपालका लागि कप्तान इन्दु वर्माले ४ ओभर बलिङ गर्दै मात्र १५ रन खर्चेर २ विकेट लिइन् । ईश्वरी विष्टले पनि ४ ओभरमा समान १५ खर्चेर २ विकेट हात पारिन् । पूजा महतो र रचना कुमारी चौधरीले १–१ विकेट लिइन् ।
शनिबार खेलिएको पहिलो खेलमा नेपाली टोली नामिबियासँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा नेपालले आयोजक युगान्डामाथि १ विकेटको रोमाञ्चक जित हासिल गरेको थियो ।
जारी शृङ्खलामा नेपालसहित युगान्डा, नामिबिया र हङकङको सहभागिता रहेको छ । सहभागी चारै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टोलीबिच फाइनल खेल हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युरोपेली जलमार्गमा सुरक्षा र प्रतिबन्ध कार्यान्वयनकाे बहस पुनः चर्कियाे
-
असारका लागि ७ वाणिज्य बैंकले घटाए ब्याजदर, १३ बैंकको स्थिर
-
अल्लोबाट आत्मनिर्भर बन्दै महिला
-
३३ अर्ब हाराहारीको बजेट ल्याउने गण्डकी सरकारको तयारी, सांसदलाई न्यूनतम ३ करोडको सिलिङ
-
दोस्रो चरणको मतदानपछि रास्वपा लुम्बिनीमा नयाँ नेतृत्व चयन
-
विश्वकपमा इङ्ग्ल्यान्डलाई झमेलाः गोली चल्यो, भूकम्प आयो अनि फेरि सामान चोरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण