प्रिमियर लिगमा न्यूक्यासलले वेष्टह्यामलाई हरायो
मङ्गलबार, २७ फागुन २०८१, ०५ : ४६

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा न्यूक्यासल युनाइटेडले वेष्टह्याम युनाइटेडलाई हराएको छ । सोमबार राती भएको खेलमा न्यूक्यासलले वेष्टह्यामलाई १-० गोल अन्तरले हराएको हो ।
न्यूक्यासललाई जिताउन ब्रुनो गुइमारेसले निर्णायक गोल गरे । योसँगै प्रियिमर लिगमा २८ औं चरणका खेल पूरा भएका छन् । शीर्ष स्थानको लिभरपुलले एक खेल बढी खेलिसकेको छ ।
उसको २९ खेलबाट ७० अंक छ । एक खेल कम खेलेको आर्सनल ५५ अंककासाथ दोस्रो र नटिङघम फरेस्ट ५१ अंककासाथ तेस्रो स्थानमा छ ।