मेगा सर्भिस क्याम्प २०२५ सम्पन्न
काठमाडौँ । रोयल इनफिल्ड नेपालका लागि आधिकारिक वितरक अल्फा अटोमोटिभ प्रा.लि. द्वारा आयोजित पहिलो संस्करणको ‘मेगा सर्भिस क्याम्प २०२५’ सफलता पूर्वक सम्पन्न भएको छ । उक्त क्याम्प रोयल इनफिल्डको सर्भिस सेन्टर बलकुमारी, ललितपुर फागुन २३ देखि २५ सम्म आयोजना गरिएको थियो ।
कार्यक्रमको औपचारिक उद्घाटन अल्फा अटोमोटिभ प्रा. लि.का निर्देशक मेघराज पौडेलले गरेका थिए । तीन दिनसम्म सञ्चालन भएको यो क्याम्प रोयल इनफिल्ड राइडर एवंम ग्राहक महानुभावहरूका लागि विशेष सेवा अफर, हेल्मेट सेफ्टीका बारेमा जानकारी, विशेषज्ञहरूसँग अन्तरक्रिया, र मनोरञ्जनात्मक गतिविधिहरू सहित आयोजना गरिएको थियो ।
यस क्याम्पमा ग्राहकहरूका लागि विभिन्न विशेष सर्भिस अफरहरू उपलब्ध गराइएको थियो, तथा स्पेयर पाट्र्स, लुब्रिकेन्ट, र श्रम शुल्कमा १०% छुट को पनि व्यवस्था गरिएको थियो । त्यसैगरी, सहभागीहरूले ग्यारेन्टी उपहार, विशेष सर्भिसिङ छुट, लक्की ड्र उपहार, रमाइला खेलहरू, विशेषज्ञहरूसँग अन्तरक्रिया, छिटो मर्मत सेवा, फ्रि वास, बाइक एक्सचेन्ज सुविधा, बाइक फाइनान्स सुविधा र रोयल इनफिल्ड राइडरहरूका लागि दिवा खानाको समेत व्यवस्था गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सचिव पुष्कर प्रधानमन्त्री कार्यालयको जगेडामा तानिए
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण