शनि बन्यो सबैभन्दा धेरै उपग्रह भएको ग्रह, भेटिए थप १२८ उपग्रह
वासिङ्टन डीसी । खगोलविद्हरूले शनि ग्रहलाई घुम्ने अरू १२८ उपग्रह फेला पारेका छन् । योसँगै शनिको परिक्रमा गर्ने चन्द्राको संख्या २७४ पुगेको छ ।
यो संख्या भनेको सौर्यमण्डलमा अन्य ग्रहहरूसँग भएको भएको उपग्रहको दोब्बर संख्या हो । अर्थात् शनि ग्रह उपग्रहहरूको राजा बनेको छ । यसअघि बृहस्पतिका सबैभन्दा धेरै उपग्रहहरू थिए ।
क्यानडा फ्रान्स हवाई दूरबिन प्रयोग गरेर खगोलविद्हरूले यसअघि नै शनिका ६२ वटा उपग्रह पहिचान गरेका थिए ।
‘पक्कै हो, हामीले १२८ नयाँ उपग्रह फेला पारेका छौँ ।’ प्रमुख अनुसन्धाता तथा ताइवानको एकेडेमिया सिन्सियामा इन्स्टिच्युट फर एस्ट्रोनोमी एन्ड एस्ट्रोफिजिक्सका पोस्ट डक्टोरल फेलो डा. एडवार्ड एस्टोनले भने ।
उपग्रहको संख्यामा बृहस्पतिले अब शनिलाई उछिन्छ भन्ने आफूले नसोचेको पनि उनले बताए । २०२४ फेब्रुअरी ५ सम्म बृहस्पतिलाई परिक्रमा गर्ने उपग्रहको संख्या ९५ थिए ।
शनिलाई परिक्रमा गर्नेको संख्या यही हप्ता इन्टरनेसनल एस्ट्रोनोमिक युनियनले औपचारिक रूपमा पुष्टि गरेको हो । शनिलाई घुम्ने १२८ वटै नयाँ उपग्रह ‘अनियमित चन्द्रमा’ भएको र आलुको आकारमा यी वस्तुहरू केही किमीको दूरीमा भएको बताइएको छ ।
ग्रहलाई घुम्ने वस्तुको संख्यामा भइरहेको यो वृद्धिले भविष्यमा केलाई उपग्रह मान्ने भनेर बहस र विवाद चर्काउने निश्चित प्रायः छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण