पक्राउ परेको केही घण्टामै प्रहरी हिरासतबाट थुनुवा भागे

सिराहा । सिराहामा प्रहरी हिरासतमा रहेका एक थुनुवा फरार भएका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाको नियन्त्रणमा रहेका अर्नमा गाउँपालिकाका असलम मन्सुरी बिहीबार साँझ हिरासतबाट फरार भएका हुन् ।
प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दामा बिहीबार नै उनलाई पक्राउ गरिएको थियो । तर, केही घण्टामै उनी प्रहरी हिरासतबाट फरार भएको जिल्ला प्रहरी कार्यालयका सिरहाका सूचना अधिकारी डिएसपी वीरेन्द्रकुमार पासवानले बताए ।
इलाका प्रहरी कार्यालय, मिर्चैयाका प्रहरी प्रमुख डीएसपी पञ्चकुमार बाखुले उनको खोजी कार्य तीव्र रूपमा भइरहेको बताए । ‘विभिन्न स्थानमा प्रहरी परिचालन गरेर हामी खोजीमा जुटेका छौँ’, उनले भने ।
प्रहरी स्रोतका अनुसार मन्सुरीको खोजीका लागि मिर्चैया क्षेत्रका विभिन्न स्थानमा विशेष सुरक्षा चेकजाँच गरिएको छ । साथै, उनी लुक्ने सक्ने सम्भावित स्थानहरूमा प्रहरी टोली परिचालन गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमतीका औद्योगिक ग्राम अलपत्र : न स्रोत छ, न व्यवस्थापन
-
पोखरामा निर्माण भएको गोदामघर प्रदेशलाई हस्तान्तरण
-
औद्योगिक ग्रामका लागि विधिवत् ढङ्गले अध्ययन भएको देखिएन : मन्त्री तामाङ
-
कपिलवस्तुमा शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरीलाई लक्षित गरेर गोली प्रहार
-
किन घोषणामै सीमित भए औद्योगिक ग्राम ?
-
हेटौँडा सिमेन्ट उद्योग पुनः सञ्चालनमा