१७२ जना यात्रु सवार विमानमा आगो लागेपछि...
वासिङ्टन डीसी । अमेरिकाको कोलोराडोमा रहेको एउटा विमानस्थलमा यात्रुहरू खचाखच भरिएको विमानमा अचानक आगलागी भयो । धुवाँको मुस्लोले विमान पूरै ढाकियो । विमानमा आगो लागेको हल्ला चल्ने बित्तिकै विमानभित्र भागदौड मच्चियो ।
हत्त त पत्त आकस्मिक ढोका खोलेर यात्रुहरूलाई विमानबाट बाहिर निकालियो । यात्रुहरू विमानको पखेँटामा निस्किएर उभिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो घटनामा कोही पनि घाइते भएका छैनन् । बिहीबार साँझ डेन्भर विमानस्थलमा अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको खबर आयो ।
विमानस्थलका अधिकारीहरूका अनुसार गेट सी३८ मा राखिएको विमानमा आगो लागेको थियो । टार्माकमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखिएको थियो । यो विमान कोलोराडो स्प्रिंग्स विमानस्थलबाट उडेर डलास फोर्ट वर्थ अन्तरराष्ट्रिय विमानस्थलतर्फ जाँदै थियो ।
तर डेनभर विमानस्थलतिर डाइभर्ट गरियो । अमेरिकन एयरलाइन्सले उडानको लागि प्रयोग गरिएको विमान बोइङ ७३७–८०० भएको बताएको छ । ‘गेट सी३८ मा पार्क गरिएको अमेरिकन एयरलाइन्सको विमानमा आगलागी भएको थियो र त्यसबाट धुवाँ स्पष्ट रूपमा निस्किरहेको थियो ।’ मिडिया रिपोर्टहरूले विमानस्थललाई उद्धृत गर्दै भनेका छन् ।
विमानस्थलले आगो नियन्त्रणमा आएको र साँझ ६ः१५ बजेसम्म कुनै पनि क्षति नभएको बताएको छ । यसैबीच, संघीय उड्डयन प्रशासनले अमेरिकन एयरलाइन्सको उडान १००६ लाई बिहीबार साँझ डाइभर्ट गरिएको र डेन्भर अन्तरराष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताएको छ ।
घटनाको समयमा विमानभित्र १७२ जना यात्रु र छ जना चालक दलका सदस्यहरू थिए । अमेरिकाको संघीय उड्ययन प्रशासन (एफएए)का अनुसरा यात्रीहरूलाई भुईँमा सुरक्षित रुपमा अवतरण गर्न इन्फ्लेटेबल स्लाइडको प्रयोग गरिएको थियो । विमानबाट ओरालेर यात्रीहरूलाई टर्मिनलमा लगिएको थियो । एफएएले यो घटनाको अनुसन्धान गर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नकआउट चरणको आशसहित दक्षिण अफ्रिका र दक्षिण कोरिया प्रतिस्पर्धामा
-
लमजुङमा विद्युत् उत्पादन बढ्यो
-
आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन
-
मनसुनी, पश्चिमी र स्थानीय वायुको प्रभाव : आज कुन-कुन प्रदेशमा छ वर्षाको सम्भावना ?
-
समूह ‘सी’ को विजेता बन्दै ब्राजिल अन्तिम ३२ मा, मोरक्कोद्वारा हाइटी ४–२ ले पराजित
-
जारी विश्वकपमा पहिलो पटक मैदान छिरे नेयमार, ब्राजिल ३–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण