महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ
शुक्रबार, ०१ चैत २०८१, १४ : ५१

मोरङ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले तीनवटा कुर्सी तोडफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ।
इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । ताला लगाएको ठाउँमा इतर समूहका विद्यार्थीले विज्ञप्ति टाँसेपछि बिदाको दिन पौडेलसहितका विद्यार्थीले तोडफोड गर्न खोजेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘मैले पढेका अचम्मै सुन्दर किताबमध्ये ‘म्यान्स सर्च फर मिनिङ’ एक नम्बरमा पर्न गयो’
-
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
-
रामायणमा काजल अग्रवालको इन्ट्री, निभाउने छिन् यो भूमिका
-
युक्रेन : बसमा गरिएको रुसी ड्रोन आक्रमणमा ९ जनाको मृत्यु
-
चेस बने वेस्ट इन्डिजका नयाँ टेस्ट कप्तान
-
माधव—प्रचण्डलाई ओलीको कटाक्ष : जहाँबाट निकाल्यौ, अहिले त्यहीँ छु