महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ
शुक्रबार, ०१ चैत २०८१, १४ : ५१
मोरङ । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।
स्ववियु निर्वाचन कार्यालय तोडफोड गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको मोरङ प्रहरीले जनाएको छ । उनीहरूले तीनवटा कुर्सी तोडफोड गरेको प्रहरीले जनाएको छ । महेन्द्र मोरङमा आधिकारिकताको विषयलाई लिएर नेपाल विद्यार्थी संघ (नेविसंघ) मा विवाद छ । महेन्द्र मोरङ क्याम्पसमा संस्थापन पक्षले आधिकारिकता पाएपछि इतर समूहले विरोध गर्दै आएको छ।
इतर समूहले विरोध गर्दै निर्वाचन समितिको कार्यालयमा ताला लगाएको छ । ताला लगाएको ठाउँमा इतर समूहका विद्यार्थीले विज्ञप्ति टाँसेपछि बिदाको दिन पौडेलसहितका विद्यार्थीले तोडफोड गर्न खोजेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण