खाना पकाउन दाउराको जोहो (तस्बिरहरू)
काठमाडौँ । देशका आधाभन्दा बढी जनसङ्ख्याले खाना पकाउन अझै पनि दाउरा प्रयोग गर्ने गरेका छन् । राष्ट्रिय जनगणना २०७८ को अन्तिम नतिजाअनुसार देशका ६६ लाख ६० हजार ८४१ परिवारमध्ये आधाभन्दा बढी अर्थात् ५१ प्रतिशत परिवारले खाना पकाउन अक्सर दाउरा प्रयोग गर्ने गरेको उल्लेख छ ।
अघिल्लो जनगणनाको तथ्याङ्कको तुलनामा यस पटक दाउरा प्रयोग गर्नेको सङ्ख्या १३ प्रतिशतले घटेको छ । २०६८ सालको जनगणनामा खाना पकाउन दाउरा प्रयोग गर्ने परिवार ६४ प्रतिशत थिए। जनगणनाअनुसार खाना पकाउन एलपी ग्यास प्रयोग गर्ने परिवार ४४.३ प्रतिशत छन्।
भौगोलिक क्षेत्रअनुसार घरायसी ऊर्जाको प्रयोग र मिश्रणमा फरक भेटिन्छ। करिब २० प्रतिशत घरमा खाना पकाउन आधुनिक ऊर्जाको स्रोत विद्युत् र एलपी ग्यासको प्रयोग हुने गरेको छ।
८० प्रतिशत घरमा परम्परागत ऊर्जाका स्रोतहरू दाउरा, कृषिजन्य अवशेष, घरपालुवा गाईबस्तुका गोबरको गुइँठा आदि प्रयोग हुने गरेको छ।
भौगोलिक क्षेत्रका हिसाबले तराई क्षेत्रका ९९ प्रतिशत घरमा राष्ट्रिय ग्रीडबाट बिजुली पुगेको छ। हिमाली क्षेत्रका करिब ३२ प्रतिशत घरमा मात्र राष्ट्रिय ग्रीडको बिजुली पुगेको छ।
यस्तो अवस्थामा हिमाली र पहाडी क्षेत्रका अधिकांश जनसङ्ख्या ऊर्जाका लागि वनजंगलमा आश्रित भएको देखिन्छ ।
अझै पनि घरायसी ऊर्जाको मूल स्रोत दाउरा हो। घरायसी ऊर्जाको ८४.९ प्रतिशत हिस्सा दाउराबाट प्राप्त भएको छ । तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
_Ku1KcNcyAi.jpg)
_7Vbo77zPkj.jpg)
_Ef4SIRxwIH.jpg)
_mhoB7RTkuy.jpg)
_uO5NgPpLW3.jpg)
_WCBHcGBzBv.jpg)
_CCQr12u023.jpg)
_u2iFKQvxL8.jpg)
_LurY0OdgX5.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालमा कम्युनिस्ट आन्दोलन जीवित छैन, नेताहरू मात्र जीवित छन् : जनार्दन शर्मा
-
‘प्रधानमन्त्रीका सल्लाहकारले संवैधानिक अङ्गका प्रमुखलाई बोलाएर निर्देशन दिने अधिकार कसले दियो ?’
-
भीम रावलको नजरमा नेपालमा समाजवाद कस्तो हुनुपर्छ ?
-
माधव–केपी र प्रचण्डको काम एउटै भएकाले कम्युनिस्ट पार्टीमा समस्या देखियो : धर्मेन्द्र बास्तोला
-
विष्णु पौडेललाई विशेष अदालतमा उपस्थित गराइयो
-
सङ्घीयता सङ्घर्ष र त्यागले आएको हो, हटाउने प्रयास नगर्नुस् : सांसद खालिद
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण