सार्वजनिक जग्गामा निर्माण भइरहेको घर भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार

पोखरा । पोखरामा सार्वजनिक जग्गामा निर्माण हुँदै गरेको संरचना भत्काउन जाँदा वडाध्यक्षमाथि रड प्रहार भएको छ । वडा नम्बर २१ का अध्यक्ष दीपक सुवेदीसहित जनप्रतिनिधिहरूलाई हातपात भएको हो ।
शनिबार निर्मलपोखरीको बाँझीपोखरीमा निर्माणाधीन संरचना हटाउन पुगेका सुवेदी र वडा सदस्य विमला केसीलाई संरचना निर्माण गराएका स्थानीय भूपेन्द्र गिरीले रड प्रहार गरेका थिए भने अपशब्द बोलेका थिए ।
संरचना हटाउन नगर प्रहरी पुगेपछि रोकिएको थियो । 'मैले राज्यको नियम पालना गराउन गएको हुँ । तर मैमाथि ज्यान मार्ने उद्देश्यले रड प्रहार भयो,' अध्यक्ष सुवेदीले भने । घटनाको मयर धनराज आचार्यले पनि विरोध जनाएका छन् ।
'सार्वजनिक जमिन अतिक्रमण गरी संरचना बनाएको खबर पश्चात् सो संरचना हटाउन अनुरोध गर्दै कागजपत्र लिएर कार्यालय आउन अनुरोध गर्दा अटेर गरी उल्टै नगर प्रहरी, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरूमाथि हातपात र आक्रमण भयो,' आचार्यले भने, 'यो घटना निन्दनीय छ । यस गलत काम विरुद्ध कानुनी कारबाही सुनिश्चित भइरहेको छ ।' उनले गिरीमाथि कानुनी कारबाही हुने चेतावनी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती सेवा विधेयक : फेल भएको अतिरिक्त सचिव, ‘कुलिङ पिरियड’ नराख्ने सरकारको अडान
-
यसरी निभ्यो वीरगञ्जको साम्प्रदायिक आगो
-
न्युयोर्कमा मिथिला ‘हेरिटेज कार्यशाला’
-
म्यानमारका भूकम्पपीडिलाई एनआरएनए थाइल्याण्डद्वारा राहत सहयोग हस्तान्तरण
-
२० वर्ष पुराना ट्याक्सी जफत सुरु, शुक्रबार ट्राफिकले समात्यो दर्जनभन्दा बढी ट्याक्सी
-
देश विकासमा पूर्वाग्रह र मतभेद राख्न आवश्यक छैन : प्रधानमन्त्री