वर्षाका कारण खेल सम्भव नभएपछि हङ्कङसँग अंक बाँड्यो नेपालले
काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकपअन्तर्गत एसियाली क्षेत्रको छनोट प्रतियोगिताको पहिलो खेलमा नेपालले अंक बाँड्नु परेको छ । शुक्रबारदेखि थाइल्यान्डमा हुने भनिएको नेपाल र हङ्कङबिचको खेल वर्षाका कारण रद्द भयो ।
वर्षाका कारण टससमेत हुन सकेन । खेल रद्द भएपछि दुबै टोलीले एक–एक अंक पाएका छन् । नेपाल प्रतियोगिताको समूह ‘सी’ मा परेको छ । उक्त समूहमा नेपाल र हङ्कङका अतिरिक्त बहराइन पनि छ ।
प्रत्येक समूहमा रहेका तीनवटै टोलीले एक–अर्कासँग दुई–दुई खेल खेल्नेछन् । नेपाली टोलीले आफ्नो दोस्रो खेल शनिबार बहराइनसँग खेल्नेछ । नेपालले आफ्नो तेस्रो खेल मे १३ तारिखमा हङ्कङसँग र चौथो तथा अन्तिम खेल मे १५ तारिखमा बहराइनसँग खेल्नेछ ।
प्रारम्भिक चरणको खेलपछि तीनवटै समूहबाट एक–एक टोली प्रतियोगिताको ‘सुपर–३’ चरणमा प्रवेश गर्नेछन् । प्रतियोगिताको ‘सुपर–३’ चरणमा भने तीनवटै टोलीले एक–अर्कासँग एक–एक खेल खेल्नेछन् ।
प्रतियोगिताको समूह ‘ए’ मा भुटान, कुवेत र आयोजक थाइल्यान्ड रहेका छन् । समूह ‘बी’ मा भने मलेसिया, कतार र संयुक्त अरब इमिरेट्स (यूएई) परेका छन् । यो प्रतियोगिताबाट दुई टोलीले आगामी महिला टी–२० विश्वकपको विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाउने छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा १० टोलीको सहभागिता रहनेछ । हालसम्म विश्वस्तरीय छनोट प्रतियोगिता खेल्ने तीन टोलीको मात्र टुंगो लागेको छ । बंगलादेश, स्कटल्यान्ड र अमेरिकाले विश्वस्तरीय छनोट प्रतियोगितामा स्थान बनाइसकेका छन् ।
विश्वस्तरीय छनोट प्रतियोगितामा सहभागी हुने सात टोलीको भने टुंगो लाग्न बाँकी छ । विश्वस्तरीय छनोट प्रतियोगिताका लागि अब एसियाबाट दुई, युरोपबाट दुई, अफ्रिकाबाट दुई र पूर्वी एसिया–प्यासिफिक क्षेत्रबाट एक टोलीको टुंगो लाग्न बाँकी छ ।
विश्वस्तरीय छनोट प्रतियोगितामा चार टोलीले सन् २०२६ मा आयोजना हुने आईसीसी महिला टी–२० विश्वकपमा स्थान पक्का गर्नेछन् । त्यसैले एसियाली क्षेत्रको यो छनोट प्रतियोगिता सहभागी टोलीका लागि आगामी विश्वकपमा स्थान बनाउने महत्वपूर्ण खुड्किलो हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संसदीय सुनुवाइ समितिमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरु हुँदै
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
बागमतीका सत्तारुढ दलहरू सरकार परिवर्तनको खेलमा
-
करेला खाएपछि खानु हुँदैन यी खानेकुरा
-
एक महिनासम्म गहुँको रोटी नखाँदा शरीरमा आउँछ यस्ता परिवर्तन
-
नेपाल पत्रकार महासंघ युकेको स्थापना दिवसमा को-काे हुँदैछन् सम्मानित ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण