रोटरी क्लब अफ काठमाडौँ मिडटाउनद्वारा जलवायु परिवर्तनबारे च्यारिटी डिनर कार्यक्रम आयोजना

काठमाडौँ । रोटरी क्लब अफ काठमाडौँ मिडटाउनले जलवायु परिवर्तनप्रति जनचेतना अभिवृद्धि गर्न तथा हिमाली क्षेत्रमा यसको असरबाट प्रभावित समुदायलाई सहयोग पुर्याउने उद्देश्यसहित विशेष च्यारिटी डिनर कार्यक्रम आयोजना गरेको छ।
सोल्टी होटेलमा जेठ ११ गते साँझ ६ः३० बजे “Responding to the Climate Crisis in the Himalayan Region” भन्ने मूल नारासहित आयोजना गरिएको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रममा करिब २५० सहभागीहरूको उपस्थिति अपेक्षा गरिएको छ।
कार्यक्रममा जलवायु परिवर्तनसम्बन्धी जानकारीमूलक प्रस्तुतिहरू, भिडियो, मुख्य वक्ताहरूका मन्तव्य, साङ्गीतिक मनोरञ्जन तथा डिनरको समेत व्यवस्था गरिएको क्लबले जनाएको छ।
पत्रकार सम्मेलनमा रोटरी क्लब अफ काठमाडौँ मिडटाउनका अध्यक्ष रुपी सिंहले जलवायु परिवर्तनको असर नेपाल जस्ता हिमाली देशहरूमा तीव्र रूपमा देखिन थालेको उल्लेख गर्दै यसप्रति सचेतना फैलाउने कार्य सबैको जिम्मेवारी भएको बताइन्।
कार्यक्रममा बोल्दै क्लबका सचिव कल्पना पराजुलीले फन्डरेजिङमार्फत एक विशेष “Natural Disaster Response Fund” स्थापना गरिने जानकारी दिइन्। यस फन्डमार्फत हिमाली क्षेत्रका जलवायु परिवर्तनबाट प्रभावित, जोखिमयुक्त तथा आवश्यकतामा परेका समुदायलाई तत्काल राहत, सजगता र पूर्व तयारीका कामहरूमा सहयोग पुर्याइने उनको भनाइ छ ।
कार्यक्रमका प्रमुख वक्ता तथा स्टेयरिङ लिडर डा. कृष्ण बेलबासेले पछिल्ला तथ्याङ्कहरू प्रस्तुत गर्दै भने, “ग्लोबल टेम्परेचर वृद्धिको दर २.७ डिग्री सेल्सियस पुग्ने प्रक्षेपण छ, तर हिमालयन क्षेत्रमा यो दर दोब्बरभन्दा बढी छ। हरेक वर्ष औसतमा ३० मिटरको दरले हिउँ पिघ्लिरहेको छ, र यसले हाम्रो जल स्रोत, कृषि, वातावरण र जनजीवनमा गम्भीर असर पारिरहेको छ।”
उनका अनुसार नेपालको कार्बन उत्सर्जन विश्वस्तरमा न्यून भए पनि, देशले जलवायु परिवर्तनका गम्भीर असर व्यहोर्नुपरेको छ। हिमालका हिउँ पग्लिनाले खोला, ताल, बाढी र पहिरोको जोखिम बढेको छ भने कृषिमा पनि प्रतिकूल प्रभाव देखिन थालेको छ।
कार्यक्रममा नेपाल सरकारको पेरिस सम्झौतामा गरिएको प्रतिबद्धताको सन्दर्भ पनि उठाइने बताइएको छ। “सरकारको नीतिगत प्रयाससँगै नागरिकस्तरको सचेतता, पूर्व तयारी र सहकार्य अपरिहार्य छ,” डा.बेलबासेले जोड दिए।
सहभागिता जनाउन चाहनेहरूले रोटरी क्लब अफ काठमाडौँ मिडटाउनको वेबसाइट वा क्लबको आधिकारिक इमेलमार्फत सम्पर्क गर्न सक्नेछन् । क्लबले यस्तो कार्यक्रमले दीर्घकालीन रूपमा वातावरणीय संरक्षण, जलवायु शिक्षाको प्रवर्द्धन तथा प्रभावित समुदायको सशक्तीकरणमा योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल अमेरिकी पत्रकार संघको अध्यक्षमा भण्डारी
-
बुद्ध जयन्ती केवल सांस्कृतिक उत्सव मात्र नभई शान्तिपूर्ण क्रान्तिको प्रेरणादायी ऐतिहासिक क्षण : प्रचण्ड
-
बुद्धको ज्ञान, आदर्श र शान्तिको मार्ग विश्वभर अद्वितीय : सभापति देउवा
-
लुम्बिनीलाई बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थलको रूपमा परिचित गराउन जरुरी छ : राष्ट्रिय सभा अध्यक्ष
-
बुद्ध मार्ग अनुसरण गर्न सक्नु नै स्थायी शान्तिको प्रमुख आधार : सभामुख घिमिरे
-
गौतमबुद्धको प्रकृतिप्रेमी दृष्टिकोणले वातावरण संरक्षणमा योगदान पुग्ने : उपराष्ट्रपति