पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक
शुक्रबार, २६ वैशाख २०८२, १२ : ०४

इस्लामवाद । पाकिस्तानको आर्थिक मामिला मन्त्रालयको एक्स खाता ह्याक भएको छ । खातामा अन्तर्राष्ट्रिय साझेदारहरूसँग थप कर्जा माग्दै एउटा पोष्ट आएपछि खाता ह्याक भएको खुलासा भएको हो ।
पछिल्लो समय भारत र पाकिस्तानबिच तनाव चलिरहेको छ । यस्तोमा शत्रुले गरेको आक्रमणका कारण निकै धेरै क्षति भएको भन्दै पोस्टमा पाकिस्तान सरकारको तर्फबाट मन्त्रालयले अन्तर्राष्ट्रिय साझेदारहरूलाई अरू कर्जा दिन अनुरोध गरेको थियो ।
द्वन्द्व चर्किरहेको र शेयर बजार धराशायी भइरहँदा तत्कालै सहयोगको पहल गरिदिनु भन्दै पोस्टमा अनुरोध गरिएको थियो । अहिलेका लागि एक्स खाता स्विच अफ गर्न काम गरिरहेको मन्त्रालयले बताएको भन्दै रोयटर्सले समाचार छापेको छ । आफूहरूले ट्विट गर्दै नगरेको उसको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्च कमिटीले ३० जनाको लियो अन्तर्वार्ता, बैठक बसेर थप निर्णय गरिने
-
प्रवासी नेपालीहरूलाई सावधानी अपनाउन नेपाली समाज भारतको आग्रह
-
बस र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वयनमा जोड
-
शनिबारदेखि वीरेन्द्रनगरमा ‘कर्णाली छोरी सम्मेलन’, प्रदेशका दुई सय छोरीहरू सहभागी हुँदै
-
वन्यजन्तुपीडितले पाएनन् राहत रकम