आर्थिक तथा व्यावसायिक वातावरण सुधारसम्बन्धी विधेयक बहुमतले स्वीकृत
आइतबार, ०३ चैत २०८१, १७ : २१
काठमाडौँ । ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको छ ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेको विधेयक सैद्धान्तिक छलफलपछि निर्णयार्थ प्रस्तुत गरिएको थियो । विधेयकमा सत्ता पक्षका सांसदले पक्षमा र विपक्षी सांसदले विपक्षमा धारणा राखेका थिए ।
११ ऐन समेट्ने विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत भएपछि दफावार छलफलका लागि बाटो खुलेको छ । स्वीकृत भएसँगै संशोधन प्रस्तावसमेत आह्वान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दराजमा ४० वर्षसम्म थन्किएको जीवावशेष अन्टार्कटिका महादेशमा फेला परेको इतिहासकै पहिलो डाइनोसरको हड्डी
-
बौराको मेलो, असार पन्ध्र र स्याखु
-
इयू र चीनबिचको व्यापार तनाव कम गर्न मन्त्रीस्तरीय छलफल
-
विजय र पूजाको ‘रत्यौली’ फागुन २१ मा रिलिज हुने
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
सुकुमबासीहरुलाई बलजफ्ती निकाल्ने कार्य तत्काल बन्द हुनुपर्छ : नारायणकाजी श्रेष्ठ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण