भरतपुरका १ सय २९ सुकुम्वासी घरधुरीलाई लालपुर्जा वितरण
चितवन । चितवनको भरतपुरमा १ सय २९ जना भूमिहीन दलित तथा सुकुम्वासी घरपरिवारलाई जग्गाधनी प्रमाण पुर्जा (लालपुर्जा) वितरण गरिएको छ । भरतपुर महानगरपालिका वडा न ११ का १ सय १६, वडा नम्बर १५ का ९ र वडा नम्बर २६ को ४ गरी १ सय २९ घरधुरीलाई आइतबार एक कार्यक्रमबिच लालपुर्जा वितरण गरिएको हो ।
सो अवसरमा भूमि समस्या समाधान आयोगका अध्यक्ष हरिप्रसाद रिजालले जनता राज्यका शक्ति भएकाले उनीहरूलाई जग्गाधनी प्रमाण पुर्जा दिनु सरकारको मुख्य दायित्व रहेको बताए । यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले सुकुम्वासीलाई जग्गा दिने विषयलाई राजनीतिकरण गर्न नहुने तर्क राखिन् ।
भरतपुरमा महानगरपालिकाको तथ्याङक अनुसार भूमिहीन दलित २ हजार ५२, भूमिहीन सुकुम्वासी ३ हजार ९ सय १७ र अव्यवस्थित ५ हजार २ सय ३७ गरी ११ हजार २ सय ६ जना सुकुम्वासी घुरी रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
निजामती कर्मचारी अस्पतालको कार्यकारी निर्देशकमा प्रा. डा. जितेन्द्र परियार नियुक्त
-
कर्मचारीहरूलाई निर्देशन– विपद्को समयमा कार्यालय नछाड्नू
-
शिक्षकले भन्थे, ‘उत्तरपुस्तिका मसँग छ कति नम्बर चाहिन्छ ? त्यसको बदला फोटो पठाऊ’
-
सांसदहरूलाई स्वकीय सचिव नियुक्तिको बाटो खुल्यो
-
मनसुनजन्य विपद् व्यवस्थापनमका लागि तयारी अवस्थामा रहने
-
बागमती सरकारबाट बाहिरिन किन भाखा सार्दै छ एमाले ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण