शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

प्रिमियर लिग : म्यान्चेस्टर युनाइटेडलाई झिनो सफलता

सोमबार, ०४ चैत २०८१, ०५ : ०३
सोमबार, ०४ चैत २०८१

काठमाडौं । इंग्लिश प्रिमियर लिगमा म्यान्चेस्टर युनाइटेडलाई लामो समयपछि झिनो सफलता मिलेको छ । आइतबार राती म्यानयुले रेलिगेन क्षेत्रको लेस्टर सिटीलाई हराउँदे हारको श्रृंखला तोडेको हो । 

यो सिजन कुनै पनि प्रतियोगितामा बलियो प्रदर्शन गर्न नसकेको म्यानयुले प्रिमियर लिगमा हालसम्म १२ खेल गुमाइसकेको छ । अहिलेसम्म १० खेल जित्दा ७ खेल बराबरी गरेको छ । 

आइतबार राती भने म्यानयुले लेस्टरविरुद्ध ३-० को जित निकाल्यो । उसका लागि रासमस होजलुण्ड, एलेजान्द्रो गार्नाचो र ब्रुनो फर्नान्डिसले गोल गरे । यो जितपछि पनि म्यान्चेस्टर युनाइटेड अंक तालिकाको १३ औं स्थानमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप