आरआर क्याम्पसको ताला खुल्यो, फर्जी कार्डको विषयमा छानबिन गर्न समिति गठन गरिने

काठमाडौँ । रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर) मा अनेरास्ववियुले लगाएको ताला खुलेको छ । क्याम्पस प्रशासनसँग सहमति भएपछि अनेरास्ववियु र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियूले लगाएको ताला खोलेको हो।
ताला खुलेसँगै भोलिदेखि नियमित पठनपाठन र प्रशासनिक कार्य सुचारु हुनेछ। फर्जी कार्डको विषयमा छानबिन समिति गठन गर्ने सहमति भएको छ । निर्वाचन कार्यालयमा लगाएको ताला भने यथावत रहेको छ। विवादित विषयको छानबिन गरी तत्काल निर्वाचन प्रक्रिया अगाडि बढाउन अनेरास्ववियुले अनुरोध गरेको छ।
फर्जी कार्ड बनाएको विषयमा विरोध जनाउँदै अनेरास्ववियु र अनेरास्ववियूले विरोध जनाउँदै निर्वाचनको अघिल्लो दिन राति तालाबन्दी गरेका थिए। तालाबन्दीपछि चैत ५ गतेको स्ववियु निर्वाचन अन्तिम समयमा आएर स्थगित भएको थियो।
क्याम्पस प्रशासनले फर्जी परिचयपत्रको विषयमा छानबिन गर्ने प्रतिबद्धता जनाएको थियो। सोही अनुसार भोलिदेखि क्याम्प सुचारु हुने समेत जनाएको छ।