शनिबार, २० असार २०८३
ताजा लोकप्रिय

राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने

शुक्रबार, २६ वैशाख २०८२, २१ : १०
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ आयोजना हुने भएको छ । साँस्कृतिक समाज नेपालको आयोजनामा आगामी जेठ २६,२७ र २८ गते अन्तर दोहोरी साँझ स्तरीय राष्ट्रिय लोकदोहोरी गीत आइडल २०८२ को आयोजना गर्न लागिएको हो । 

शुक्रबार काठमाडौँमा पत्रकार भेटघाट कार्यक्रम राखेर प्रतियोगिता बारे जानकारी गराइयो । प्रतियोगितामा दोहोरी साँझमा आबद्ध रहेका कलाकारहरूले सहभागिता जनाउन पाउनेछन् । 

प्रतियोगीताका सल्लाहकार लोकप्रिय देउडा गायक नन्दकृष्ण जोशीले यस्ता किसिमका प्रतियोगिताले लोकदोहोरी क्षेत्रलाई फराकिलो बनाउने बताए । ‘नेपालको सौन्दर्यताको बारेमा कसैले सटिक रूपमा परिचय दिन्छ भने त्यो लोक दोहोरीले नै दिन्छ।  सल्लाहकार जोशीले भने,अहिले दोहोरीमा छाडा शब्दको प्रयोग भएको पनि कहीँ कतै देख्छु । पहिले पहिलेका कलाकारहरूले हिट हुनलाई त्यस्तै गर्दैनथे तर अहिलेका कतिपयले संस्कृति बचाउन खोजेको देखिँदैन ।’ 

राष्ट्रिय लोक दोहोरी गीत आइडलका संयोजक चन्द्र शर्माले देशै भरी छरिएका दोहोरी साँझहरूबाट कलाकारहरूले सहभागिता जनाउन सक्ने जानकारी दिए ।

उनले भौगोलिक हिसाबमा जहाँसुकैबाट भाग लिन सकिने तर दोहोरी साँझको प्रतिनिधित्व गरेको हुनुपर्ने नियम सुनाए । प्रतियोगितामा भाग लिनका लागी प्रवेश शुल्क १ हजार रुपैंया लाग्नेछ भने उत्कृष्ट हुने विजेता टिमले एउटा मोटरसाइकल र ३३ हजार ३ सय ३३ रुपैंया नगद प्राप्त गर्नेछन् । 

यस्तै दोस्रो हुने टिमले एउटा स्कुटर सहित २२ हजार २ सय २२ रुपैंया नगद पुरस्कार पाउनेछन् । बिबिटिएम फाउन्डेसन मुख्य प्रायोजक रहेको यस प्रतियोगिताको फाइनल भने नगरकोटको बताडे डाँडामा सम्पन्न हुने बताइएको छ । 

यस्तै यस दोहोरी आइडल यसै वर्ष आयोजना हुन गइरहेको दोहोरी गीत प्रतियोगिता प्रिमियर लिगको पहिलो चरणको कार्यक्रम समेत भएको व्यवस्थापक अमृत खातीले जानकारी गराए ।

कार्यक्रमका सभापति सांस्कृतिक समाज नेपालका अध्यक्ष रामप्रसाद अवस्थीले सांस्कृतिक समाज नेपालले यसअघि पनि दोहोरी क्षेत्र विशेष धेरै कार्यक्रम गरेको र यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिने जानकारी दिए । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका उपाध्यक्ष कृष्ण रेउले, वरिष्ठ पत्रकार डब्बु क्षेत्री लगायतको उपस्थित थियो । 

राष्ट्रिय लोक दोहोरी गीत आइडल २०८२को मिडिया पार्टनरको रूपमा राष्ट्रिय लोक सञ्चारकर्मी नेपाल रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप