अक्सनमा बिक्री नभएका शार्दुल ठाकुर लखनउ सुपर जायन्ट्समा
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि भएको मेगा अक्सनमा बिक्री नभएका एक खेलाडी लखनउ सुपर जायन्ट्समा आबद्ध भएका छन् । प्रतियोगिता सुरु हुनुभन्दा एक दिनअघि उनलाई लखनउले भित्राएको हो ।
आईपीएलको १८औँ संस्करण शनिबारदेखि सुरु हुँदैछ । प्रतियोगिताको उद्घाटन खेल कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलुरुबिच ईडेन गार्डेन्समा खेलिने छ । भारतीय खेलाडी शार्दुल ठाकुरलाई लखनउले औपचारिक रुपमा आफ्नो टोलीमा समावेश गरेको हो ।
अलराउन्डर खेलाडी शार्दुललाई मोहसिन खानको स्थानमा टोलीमा राखिरएको क्लबले जनाएको छ । मोहसिन खान घाइते भएर प्रतियोगिताबाट बाहिरिएका हुन् । शार्दुल ठाकुरले लामो समयदेखि लखनउ सुपर जायन्ट्सकै क्याम्पमा रहेर प्रशिक्षक गर्दै आएको दाबी भारतीय सञ्चारमाध्यमले गरेका छन् ।
मोहनिस खानले घाइते भएका कारण करिब तीन महिनादेखि कुनै पनि प्रतियोगिता खेलेका छैनन् । उनी लामो समयपछि प्रशिक्षणमा फर्किएका थिए । तर, लखनउको क्याम्पमा रहेर प्रशिक्षण गर्दा उनको चोट पुनः बल्झिएको समाचारमा जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफाद्वारा २०२६ विश्वकपको उत्कृष्ट टोली सार्वजनिक: गोल्डेन ग्लोभ विजेता नै टिममा परेनन्
-
इरान युद्धका लागि अमेरिकी तल्लो सदनबाट ९५ अर्ब डलरको बजेट स्वीकृत
-
आफ्नै एयरलाइन्स कम्पनी खोल्दैछन् भारतीय अर्बपति गौतम अदानी
-
कैलालीमा सङ्गठित तथा आर्थिक अपराधसम्बन्धी घटना धेरै
-
लागुऔषधसहित ४ जना पक्राउ
-
गर्मीबाट बच्न जापानी कम्पनीले ल्यायो मानव फ्रिज
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण