विभेद
तिमी पनि मानव,
म पनि मानव ।
छुत–अछुतको कठबार
जातको प्रश्न र विभेदको उत्तर
जातीय विभाजक रेखाले विभक्त
परम्पराको खोलभित्र
अपारदर्शी काँडेतारले कोतर्दै गर्दा
प्रेमको अनुभूति गर्दै
खुसीका लालिमा छर्न किन सकिँदैन ?
मान्छेले मान्छेबिच अँगालोमा कस्न किन सकिँदैन ?
दुई हात जोडेर
शिष्टाचार पस्किनका लागि !
हैसियत र प्रतिष्ठाको भाँजो हालेर
वर्ग र जातको कुरूप करौतीले
सामाजिक जुइनो चुँडाल्दा,
म प्रश्न गर्छु साथी
हाम्रो जात फरक फरक किन ?
हाम्रो वर्ग फरक किन ?
दलितको लाहछाप
गरिबको उपनाम
तिरस्कारको खञ्जर
किन ? किन ? किन ?
इमान र जमान,
अनि नैतिकताले कङ्गाल !
तिनै मान्छेहरू
कथित उच्च र निम्न जातकै कारणले
हीन विचारको जस्केलाबाट
प्रतिष्ठाको रवाफ डकारिरहेका छन्
किन ? किन ? किन ?
सिङ्गो जगतको
घाम उही हो, जून उही हो ।
धर्ती उही हो, नुन उही हो ।
आत्मा उही हो, खुन उही हो ।
नियम उही हो, कानुन उही हो !
तर, मान्छे मान्छे बिचमा,
यति धेरै फरक किन ?
भावना र आत्मा
हैसियत आचरण
मूल्य र मान्यता
मर्यादा र प्रतिष्ठा
आचरण विचरण
इमान र जमान
नीति र नैतिकता
सबै सबै फरक किन ?
एकै धर्तीका मान्छे मान्छे फरक किन ?
के कारण फरक ?
कसरी फरक ?
कसले दिन्छ यसको जवाफ ?
मानव सभ्यताको युगले मागिरहेको छ
कसले दिन्छ यसको जवाफ ?
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फलफूलको गाडीमा लुकाएको ६५२ केजी गाँजा बरामद, ३ जना पक्राउ
-
शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय
-
निरंकुश राजतन्त्रबारे पुष्पलालको त्यो भविष्यवाणी– अन्तिम दीप–शिखा हो
-
पुष्पलालको राष्ट्रिय स्वाधीनतासम्बन्धी दृष्टि र आजको सन्दर्भ
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
उत्कृष्ट अभिनेता अभिनेत्री बन्दै दीपकराज र मिरूनाले जिते एक हजार डलर पुरस्कार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण