अस्पतालबाट डिस्चार्ज हुँदैछन् पोप फ्रान्सिस

भ्याटिकन सिटी । क्रिश्चियन धार्मिक नेता पोप फ्रान्सिस आइतबार रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुने डाक्टरहरूले बताएका छन् । यद्यपि उनले कम्तिमा दुई महिना आराम गर्नु पर्ने डाक्टरहरूले भनेका छन् ।
८८ वर्षीय पोप फ्रान्सिसलाई गम्भीर श्वासप्रश्वास समस्याका कारण फेब्रुअरी १४ मा अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमणका कारण उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । उनको उपचार गर्ने डाक्टरहरू मध्ये एक सर्जियो अल्फिएरीले उनको स्वास्थ्यको बारेमा थप जानकारी दिएका छन् । विगत पाँच हप्तामा पोप फ्रान्सिसको स्वास्थ्य दुई पटक बिग्रिएको र जसले गर्दा उनको ज्यान पनि खतरामा परेको उनले भने । पोप फ्रान्सिसलाई भेन्टिलेटरमा नराखिएको र उनी सधैँ होसमा रहेको पनि उनले बताए ।
तर पोप अझै पूर्ण रूपमा निको भइसकेका छैनन् । उनलाई अब निमोनिया नभएको र अवस्था पनि स्थिर रहेको बताइएको छ । ‘आज हामी तपाईँलाई यो जानकारी गराउन पाउँदा खुसी छौँ कि उहाँ भोलि घर फर्कनुहुनेछ’ सर्जियोले शनिवार पत्रकारहरूलाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुम्लामा दुई वटा सबस्टेसन निर्माण हुँदै
-
आईपीएल क्वालिफायर–२ः पञ्जाबको शानदार जित, उपाधीकालागि बेंगलुरुसँग भिड्ने
-
विदेशको कमाइ छाडेर कृषिमा रमाउनुभएका देउकुमार
-
अकबरे खुर्सानीको मूल्य प्रतिकिलो एक हजार !
-
रमेश प्रसाईंको गीतमा बालबालिकाको उज्यालो सपना (भिडियो)
-
१२ बजे १२ समाचार: आन्दोलन घोषणादेखि गृहमन्त्रीको राजीनामाबारे प्रतिपक्ष दलभित्रै मतभेदसम्म