अस्पतालबाट डिस्चार्ज हुँदैछन् पोप फ्रान्सिस
भ्याटिकन सिटी । क्रिश्चियन धार्मिक नेता पोप फ्रान्सिस आइतबार रोमको जेमेली अस्पतालबाट डिस्चार्ज हुने डाक्टरहरूले बताएका छन् । यद्यपि उनले कम्तिमा दुई महिना आराम गर्नु पर्ने डाक्टरहरूले भनेका छन् ।
८८ वर्षीय पोप फ्रान्सिसलाई गम्भीर श्वासप्रश्वास समस्याका कारण फेब्रुअरी १४ मा अस्पताल भर्ना गरिएको थियो । सङ्क्रमणका कारण उनको दुवै फोक्सोमा निमोनिया भएको थियो । उनको उपचार गर्ने डाक्टरहरू मध्ये एक सर्जियो अल्फिएरीले उनको स्वास्थ्यको बारेमा थप जानकारी दिएका छन् । विगत पाँच हप्तामा पोप फ्रान्सिसको स्वास्थ्य दुई पटक बिग्रिएको र जसले गर्दा उनको ज्यान पनि खतरामा परेको उनले भने । पोप फ्रान्सिसलाई भेन्टिलेटरमा नराखिएको र उनी सधैँ होसमा रहेको पनि उनले बताए ।
तर पोप अझै पूर्ण रूपमा निको भइसकेका छैनन् । उनलाई अब निमोनिया नभएको र अवस्था पनि स्थिर रहेको बताइएको छ । ‘आज हामी तपाईँलाई यो जानकारी गराउन पाउँदा खुसी छौँ कि उहाँ भोलि घर फर्कनुहुनेछ’ सर्जियोले शनिवार पत्रकारहरूलाई भनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण