अरुणिमा अभिनीत ‘घर बट इन अमेरिका’ ओटीटीमा रिलिज हुने
काठमाडौँ । अमेरिकामा बनेको नेपाली वेब सिरिज ‘घर बट इन अमेरिका’ नेपाली ओटीटी एमएसएम भिडियोमा प्रसारण हुने भएको छ ।
निर्देशक तथा अभिनेता बिमलेश अधिकारीले रिलिजको एक पोस्टर सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन् ।
निर्देशक अधिकारीका अनुसार सिरिज नयाँ वर्ष २०८२ को अवसर पार्दै वैशाखको दोस्रो हप्ताबाट प्रसारण हुनेछ । १२ श्रृंखला तयार भएको सिरिज एकसाथ प्रसारणमा आउने भएको हो ।
सिरिजको सम्पूर्ण छायाङ्कन संयुक्त राज्य अमेरिकामा गरिएको छ । सिरिजले नेपालबाट छोरी भेट्न अमेरिका पुगेका अभिभावक र लिभ–इन रिलेशनसिपमा रहेकी छोरीको कथा भन्छ ।
अभिनेत्री अरुणिमा लम्सालले १० वर्षपछि यसै सिरिज मार्फत अभिनयमा पुनरागमन गर्दैछिन् । अरुणिमाको अलवा सिरिजमा बिमलेश अधिकारी, राधाबाबु लम्साल, खेम शर्मा, आशिष दाहाल र रोजिना थापालगायतको अभिनय छ ।
सिरिजको पटकथा तथा संवाद विवेक चम्लागाईंले लेखेका हुन् । निर्माता रोशन घिमिरे हुन् भने सह निर्माताहरू सुमित्रा अधिकारी र कुमारी घिमिरे हुन् । सिरिजको सम्पादन मित्र डी गुरुङ, रङ्ग संयोजन कपिल पराजुली, छायाङ्कन निर्देशक विक्रान्त मान श्रेष्ठ रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
-
घरपालुवा जनावरको मन बुझ्न ट्यारो कार्डको सहारा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण