१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौँ टेक्निकल स्कुल सुरु हुँदै

१० हजार सीपयुक्त जनशक्ति तयार गर्न काठमाडौँ टेक्निकल स्कुलको स्थापना भएको छ । काठमाडौँ टेक्निकल स्कुलले पहिलो वर्षमै हस्पिटालिटी र केयरगिभरको क्षेत्रमा ठुलो मात्रमा सीपयुक्त जनशक्ति तयार गर्ने योजना लिएको छ ।
प्रत्येक वर्ष ५ लाख युवायुवतीहरू नेपाली बजारमा प्रवेश गर्ने गरेका छन् । त्यो श्रम शक्ति देशभित्र खपत छैन । विदेशमा जानेहरू विभिन्न रोजगारीमा जाने गरेका छन् । यो तुरुन्त सम्बोधन गर्नुपर्ने विषय हो ।
न्युज एजेन्सी नेपालसँगको कुराकानीमा स्कुलका अध्यक्ष मनोज शर्मा काठमाडौँसहित देशका प्रमुख सहरहरूबाट पनि सीपयुक्त जनशक्ति तयार गर्ने तयारी भइरहेको बताउँछन् । उनकाअनुसार यो समस्या रोजगारीको नभई सीपको हो । बजारमा रोजगारीका अवसरहरू छन् तर जसलाई रोजगारदाताहरूले खोजिरहेका छन् त्यस्तो सक्षम जनशक्ति बजारमा नरहेको उहाँको भनाइ छ । उपयुक्त जनशक्ति रोजगारदाताले पाएको अवस्था छैन । जनशक्ति छ तर सीपयुक्त जनशक्ति छैन । प्रत्येक वर्ष नेपालमा उत्पादन हुने जनशक्तिलाई सीपयुक्त बनाउने र बजारसँग जोड्ने काम गरिने बताए ।
उनले निजी क्षेत्रबाट एकातिर बजारको माग पनि बुझ्ने र त्यहीअनुसार उद्योगधन्दा, प्रतिष्ठान, श्रमिकहरूलाई लक्षित गरेर ट्रेनिङहरु डिजाइन गर्ने तथा प्रशिक्षण दिएर दक्ष जनशक्ति तयार गरी सीपका अवसरहरू प्रदान गर्ने योजना रहेको बताए ।
- अहिलेको बजार कस्तो छ ?
काठमाडौँ टेक्निकल स्कुलकाअनुसार अहिलेको बजार हेर्दा तत्कालै रोजगारी पाइयोस् भन्ने युवाहरूको चाहना रहेको र थोरै समयमा पनि पढेर तयार हुने खालको कोर्सहरू सञ्चालन हुँदैछ ।
अध्यक्ष शर्माले भने, ‘एउटा सीप सिक्न समेत रमाइलो हुने हस्पिटालिटीको क्षेत्र हो । कलिनरी आर्ट्स जुन कुक भनेर चिनिन्छ । दोस्रो भनेको वरिष्ठ, बार ट्रेनिङ, हाउस किपिङ यस्ता खालका सीपहरू सिक्न बजारमा धेरै देखियो । नेपालमा मात्रै नभई विश्वव्यापी रूपमै परिस्थिति बदलिरहेको छ, केयर गिभरको क्षेत्रमा वृद्धवृद्धालाई सेवा गर्ने, नर्सिङ होममा सेवा गर्ने चाहना धेरैमा भएको पाइयो ।’
अहिले पनि विशेष गरी हस्पिटालिटी र केयर गिभिङको क्षेत्रमा फोकस गरेर सीपहरू दिने काम भइरहे पनि आगामी दिनमा विभिन्न सेवा प्रदायकहरूसँग मिलेर सिटिइभिटीको कोर्स, युएईको सिटी एन क्ङ्सि, अस्ट्रेलियाको सिआईबिटीसँग मिलेर विभिन्न कोर्सहरू डिजाइन गरेर तालिमहरू दिने काम भइरहेको शर्मा बताउँछन् ।
उनले भने, ‘आगामी दिनमा भौतिक रुपमा र डिजिटली सीपयुक्त तालिमहरू प्रदान गरिँदैछ । बजारमा कस्तो जनशक्ति उत्पादन गरिन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । सिटिइभिटीको केयर गिभिङको कोर्स छ, त्यही तालिम लिएर नेपालमासँगै बाहिर जाने पनि छन् । विभिन्न होमकेयरहरुमा उनीहरू छन् । सिटिइभिटीबाट तालिम लिएकाहरू पनि राम्रो हुँदा रहेछन् भन्ने देखियो । यसलाई स्तरीकरण गर्न विदेशी रोजगारदाता छन् भने उनीहरूले अलि बढी विश्वास बाहिरकै कोर्सलाई गर्ने गरेका छन् । त्यसैले केही कोर्सहरू बाहिरकै तालिमप्रदाय, रोजगारदाता, उद्योगहरूसँग मिलेर प्रशिक्षण दिन कोर्सहरू बनाइँदैछ ।’
शर्माकाअनुसार जब उनीहरूसँग मिलेर कोर्सहरू बनाइन्छ र सोहीअनुसारको जनशक्ति तयार गरिन्छ त्यसले परिणाम दिन सक्ने देखिन्छ । विशेष गरी केयर गिभर र हस्पिटालिटी सिक्न चाहेको उत्सुकता देखिएको छ, यसले उत्साहित बनाएको शर्माले बताए ।
उहाँकाअनुसार अहिले जुन अदक्ष जनशक्तिले बजारमा रोजगारीका अवसरहरू खोजिरहेका छन् । नेपालभित्र र बाहिर पनि त्यो अवस्थालाई चिर्न सकिनेछ । नेपाली आन्तरिक बजारमा सीप र रोजगारीको असमझदारी जुन छ त्यसलाई समाधान गर्नुपर्नेछ । त्यही भिजन लिएर अघि बढिरहेको अवस्था छ ।
काठमाडौँ टेक्निकल स्कुलले हस्पिटालिटी र केयर गिभिङमा सुरु भएको काम बिस्तार गर्नेछ भने ईभी प्रविधिको क्षेत्र भएकाले यसको मर्मतसम्भारका लागि नयाँ जनशक्ति तयार गर्नुपर्ने आवश्यकतालाई समेत प्राथमिकतामा राख्नेछ ।
उनले भने–‘सीप बिस्तार गर्ने हिसाबले केयर गिभर र हस्पिटालिटी क्षेत्र बाहेकमा नयाँ मोडलहरू जस्तै, मोबाइल मर्मतसम्बन्धी तालिम दिने, कफी वरिस्टाको तालिमहरू दिन धेरै इक्वीपमेण्टहरु चाहिने छैन । जति पनि तालिम दिइनेछ तिनीहरूले आफ्नो गाउँठाउँमै सीप दिन सक्ने गरीको मोडल विकास गरिनेछ । दोस्रो वर्षबाट हजारौँलाई सीपमूलक तालिम दिन सकिनेछ ।’
तालिमका प्रकारहरू छोटो समय र लामो समय गरी दुई प्रकारका हुनेछन् । कोही नेपालीहरू बाहिर काम गरेर फर्केका छन् भने उनीहरूलाई रिफेर्सल कोर्सहरू दिने, अहिले काम गरिरहेकालाई क्षमता बिस्तार गर्ने हिसाबले सीप दिन सकिने शर्मा बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा
-
किन तितो हुन्छ औषधि ?
-
चितवन घटना : बाबुको आक्रमणमा घाइते भएका दुई जना बालबालिकाको मृत्यु
-
एआईका कारण जागिर गुमाएपछि....
-
हिमालहरू जोगाउनु पृथ्वी, महासागर र स्वयं मानवता जोगाउनु हो : प्रधानमन्त्री
-
एकापसमा भिड्दै ‘के घर के डेरा : घर नं. २’, ‘हेल्लो काँशीराम’ र ‘फाइनल डेस्टिनेसन’