अर्थ मन्त्रालयले स्वीकृत ऋण नदिँदा रुकुमका स्थानीय तह अप्ठ्यारोमा परे : शर्मा

समाचार सारांश
- नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले ऋण नदिँदा रुकुमका स्थानीय तह समस्यामा परेको बताए।
- शर्माले मध्य पहाडी लोकमार्गका विभिन्न खण्डहरू ठुला ठेकेदारका कारण अलपत्र परेको भन्दै सरकारको ध्यानाकर्षण समेत गराए।
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का सांसद जनार्दन शर्माले अर्थ मन्त्रालयले स्वीकृत भएको ऋण नदिँदा रुकुमका स्थानीय तहहरू अप्ठ्यारोमा परेको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै सांसद शर्माले रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्वमा रहेको स्यार्पु हाइड्रोको स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले नदिँदा उनीहरू समस्यामा परेको बताएका हुन् ।
शर्माले भने- ‘रुकुमका स्थानीय सरकारहरूको पूर्ण स्वामित्व भएको स्यार्पु हाइड्रो कम्पनीका लागि स्वीकृत भएको ऋण अर्थ मन्त्रालयले दिएको छैन । ऋण नपाउँदा स्थानीय सरकार सङ्कटमा परेका छन् । ऋण तुरुन्त फुकुवा गरियोस् ।’
शर्माले मध्य पहाडी लोकमार्गका विभिन्न खण्डा ठुला ठेकेदारहरूका कारण अलपत्र परेको बताए । ‘मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड पूर्वी रुकुम खण्ड, पश्चिम रुकुम खण्ड वर्षौदेखि अलपत्र छ । भेरी पुल अलपत्र छ । लोकमार्ग समयमा निर्माण भएका छैनन्, ठुला ठेकेदारले काम गरिरहेका छन् । यसबारे सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुस र युक्रेनबिच युद्धबन्दी रिहा गर्ने सहमति
-
‘सगरमाथा संवाद’ विश्वव्यापी संवाद मञ्च हो : भारतीय वातावरण मन्त्री
-
‘बारपाक फोटो प्रदर्शनी’ मा विद्यार्थीहरूको रूचि, तस्बिरहरू
-
...अनि सरकारी वकिललाई न्यायाधीशले सोधे – मिश्र तीनकुनेबाट बन्दुक खोस्न गएका थिए कि ढुङ्गा हान्न ?
-
राष्ट्रियसभाका अध्यक्ष दाहालसँग चीनको एनपीसी उपाध्यक्षको भेटवार्ता
-
हावाहुरीका कारण उडान प्रभावित, ८ विमान ‘डाइभर्ट’