संसदीय छानबिन गर्नुपर्ने विपक्षीहरूको अडानले मधेश प्रदेशसभा बैठक अनिश्चित
मङ्गलबार, १२ चैत २०८१, १९ : ०८
जनकपुरधाम । दलहरूबिच सहमति नजुट्दा मधेश प्रदेशसभा बैठक अनिश्चित भएको छ ।
प्रदेशसभाको गतिरोध अन्त्य गराउन मंगलबार बिहान बसेको दलहरूबिचको बैठकमा सहमति नभएपछि आजका लागि बोलाइएको बैठकसमेत स्थगित भएको जनमत पार्टी संसदीय दलका नेता महेशप्रसाद यादवले बताए ।
प्रदेशसभाको गत आइतबारको बैठकमा विभिन्न विषयमा छानबिनको माग गर्दै विपक्षी दलले अवरोध गरेका थिए । प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूको संयुक्त बैठकमा संसदीय छानबिन समिति गठन गर्नुपर्ने विपक्षी दलहरूले अडान राखेपछि सहमति जुट्न नसकेको जनमत पार्टीका संसदीय दलका नेता यादवले जानकारी दिए ।
मधेश प्रदेशसभाका सचिव वासुप्रसाद कोइरालाले एक सूचना जारी गर्दै आज बिहान ११ बजे बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नभएसम्म स्थगित गरिएको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भन्सार छलीको आशङ्कामा कोरोला नाकाबाट भित्र्याइएका ७७५ ईभी गाडी सशस्त्रको नियन्त्रणमै, तस्बिरहरू
-
१३ प्रमुख जिल्ला अधिकारीसहित १८ सहसचिवकाे सरुवा, काे कहाँ ? (सूचीसहित)*
-
रास्वपाले गठन गर्यो ७७ वटै जिल्लामा निर्वाचन समिति
-
सरकारमाथि क्रान्तिकारी कम्युनिस्ट पार्टीको आरोप : देशलाई सिक्किमीकरणको दिशामा लगियो
-
युरेनियम उत्खननमा अब राज्यको एकाधिकार
-
कांग्रेस विवाद मिलाउन निरन्तर वार्तामा पूर्णबहादुर–विश्वप्रकाश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण