राप्रपाको राजसंस्था समर्थित आन्दोलन उपत्यका केन्द्रित हुने
मङ्गलबार, १२ चैत २०८१, १८ : ००
काठमाण्डौँ । मंगलबार काठमाडौंमा बसेको राप्रपा आन्दोलन परिचालन मूल समितिले पार्टी पूर्णरुपमा आन्दोलनमा होमिने निर्णय गर्दै आन्दोलनका कार्यक्रम तय गरेको अध्यक्ष राजेन्द्र लिङदेनले जानकारी दिए ।
बैठकले चैत्र २६ गते काठमाडौंमा बागमती प्रदेशस्तरीय विरोधसभा सहितको प्रदर्शन गर्ने र बैशाख ७ गतेबाट राजधानी केन्द्रीत आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको उनले बताए ।
बैठकले राजसंस्था, हिन्दूराष्ट्रको पक्ष र संघीयताको बिपक्षमा शान्तिपूर्ण रुपमा हुने जुनसुकै आन्दोलनलाई समर्थन गर्ने निर्णय गरेको लिङदेनले जानकारी दिए ।
त्यस्तै आन्दोलनका लागि सहकार्य गर्न ढोका खुला गर्ने समेत बैठकले निर्णय गरेको छ ।
त्यस्तै बैठकले विद्युत प्राधिकरणका कार्यकारी निर्देशकलाई पदबाट हटाउने सरकारको निर्णयको विरोध गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र परिणाम बदर
-
राप्रपाको खाने र देखाउने दाँत फरक छ : धवलशमशेर राणा
-
६५ हजारमा आईफोन-१५ प्रो म्याक्स दिने प्रलोभन दिएर २ सय जनालाई ठगी
-
ब्राजिलमा बन्जी जम्पका क्रममा डोरी बाँध्न बिर्सिएर पुलबाट खसाउँदा युवतीको मृत्यु
-
पिसिएम कप प्लस टु बास्केटबलको छात्र र छात्रा दुवैतर्फको उपाधि एमिसीलाई
-
काठमाडौँका सबै भवन ५ वर्षभित्र विपद् उत्थानशील बनाइने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण