एन्फाको नियमित साधारणसभामा १ अर्ब ५६ करोड ३२ लाखको बजेट प्रस्तुत गरिने
काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) को नियमित साधारणसभा आगामी वैशाख २६ गते हुने भएको छ । एन्फाको कार्यसमितिको नवौँ बैठकले यस्तो निर्णय गरेको हो ।
अध्यक्ष पंकजबिक्रम नेम्वाङको अध्यक्षतामा बसेको कार्यसमिति बैठकले नियमित साधारण सभामा सङ्घको वार्षिक कार्यक्रम, प्रतियोगिताहरूको विवरण र अनुमानित बजेट प्रस्तुत गर्ने निर्णय गरेको छ । साधारण सभामा एक अर्ब ५६ करोड ३२ लाख नौ हजार चार सय ५० रुपैयाँको अनुमानित बजेट पेस गरिने एन्फाले जनाएको छ ।
कार्यसमिति बैठकले आर्थिक वर्ष २०८०/८१ को लेखा परीक्षण प्रतिवेदन पनि पारित गरेको छ । उक्त लेखा परीक्षण प्रतिवेदन पनि साधारण सभामा प्रस्तुत गरिने छ । आर्थिक वर्ष २०८१/८२ को लेखा परीक्षण गर्न एलएसपी एसोसिएट्सलाई नियुक्त गर्ने कार्यसमितिको निर्णय पनि अनुमोदनका लागि साधारण सभामा पेस गरिने छ ।
यसैगरी, कार्यसमिति बैठकले सङ्घको मिडिया तथा मार्केटिङ एजेन्सी नियुक्त गर्न पुनः १५ दिने सूचना जारी गर्ने निर्णय पनि गरेको छ । सङ्घको आर्थिक नियमावली र आर्थिक कार्यविधिमा संशोधन गर्ने निर्णय पनि कार्यसमिति बैठकले गरेको छ ।
यसैगरी, बैठकले महिला फुटबलको विकासका लागि दीर्घकालीन कार्ययोजना बनाएर लागू गर्ने निर्णय पनि गरेको छ । बैठकले एन्फाको आगामी निर्वाचन (२०८३/२०८७ कार्यकाल) का लागि निर्वाचन समिति र पुनरावेदन समिति गठन गर्ने निर्णय पनि गरेको छ ।
अधिवक्ता रामचन्द्र गौतमको संयोजकत्वमा गठित निर्वाचन समितिको सदस्यमा अधिवक्ता सम्झना केसी र अधिवक्ता लोकेन्द्रबहादुर ओली तथा वैकल्पिक सदस्यमा सुजन राई रहेका छन् । अधिवक्ता रामचन्द्र पौडेलको संयोजकत्वमा गठित निर्वाचन पुनरावेदन समितिको सदस्यमा रविसिंह धामी र संजय केसी तथा वैकल्पिक सदस्यमा अधिवक्ता दिनेश राई रहेका छन् ।
एन्फा कार्यसमितिको बाँकी कार्यकालका लागि पियुष न्यौपानेलाई अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुखको रूपमा नियुक्त गर्ने निर्णय पनि बैठकले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बी.पी. भित्तामा होइन, चिन्तनमा र व्यवहारमा हुनुपर्छ : भीष्मराज आङ्देम्बे
-
सिरहामा गोली चल्यो, दुई जना घाइते
-
त्रिविको परीक्षा प्रणालीमा ढिलासुस्ती, साउन १५ भित्र नतिजा सार्वजनिक गर्न माग
-
नवजात शिशुको हत्या आरोपमा दोषी ठहरिएकी महिला निर्दोष
-
बागमती प्रदेशका मन्त्रीहरूको कार्य विभाजन : कसले कुन मन्त्रालय पाए ? (सूचीसहित)
-
बागमतीमा ‘हेलो सीएम’ डेक्स, जनताका गुनासो तत्काल सुनुवाइ हुने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण