अपडेट
काभ्रे जिसस प्रमुखको मुद्दामा मिलापत्र, धुलिखेल पठाइयो
बिहीबार, १४ चैत २०८१, २२ : ४०
काठमाडौँ । जिल्ला समन्वय समिति (जिसस), काभ्रेपलान्चोकका प्रमुख दीपक कुमार गौतम विरुद्ध काठमाडौँमा परेको जाहेरीमा मिलापत्र भएको छ ।
७ लाखको बैङ्किङ कसुर मुद्दा मिलापत्रमा टुङ्गिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए । प्रहरीको रेकर्डमा देखिएको अन्य बैंकिङ कसुरको विवाद पनि मिलापत्रमा टुङ्गिएको छ ।
बुधवार उनी काठमाडौँको बानेश्वरबाट पक्राउ परेका थिए । उनीविरुद्ध जिल्ला प्रहरी कार्यालय काभ्रेमा पनि जाहेरी दर्ता भएको भेटिएपछि उनलाई धुलिखेल पठाइएको छ ।
काभ्रे प्रहरीले उनलाई उपस्थित गराइदिन पत्राचार गरेको काठमाडौँ परिसरका एक जना अधिकृतले बताए । उनले भने, ‘यहाँको मुद्दा टुङ्गिएसँगै उहाँलाई काभ्रेपलान्चोक प्रहरीको जिम्मा लगाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशका विभिन्न ६ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध, ११ आंशिक सञ्चालनमा
-
बीमा र धितोपत्र सम्बन्धी कसूरमा फरार मृगेन्द्रनाथ रिमाल पक्राउ
-
त्रिविसहित अन्य विश्वविद्यालयमा प्रोफेसर एक्सचेन्ज प्रोग्राम ल्याउन पहल थालेको छु : शिक्षामन्त्री
-
चोभारमा पौडी खेल्न बागमतीमा हामफालेका युवक बेपत्ता
-
कांग्रेसको इतर समूहले राष्ट्रिय भेला कसरी गर्छ ? यस्तो छ तयारी
-
पोखरामा माइक्रो र मोटरसाइकल ठोकियो, १९ वर्षीय युवकको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण