राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्र अप्ठेरो अवस्थामा परेको बेला राष्ट्र बैङ्कको गभर्नर नियुक्तिमा तानातान भएको बताएका छन् । ‘योग्य मान्छे ल्याउनुपर्नेमा सत्ता गठबन्धनभित्र तानातान चलिरहेको छ । को मेरो मान्छे, को तेरो मान्छे, कसलाई ल्याउँदा कति फाइदा हुन्छ, राष्ट्रलाई फाइदा होइन, आफूलाई भन्ने सोचियो भने त्यसले अर्थतन्त्र सुधार गर्न सहयोग गर्दैन,’ उनले भने ।
शनिवार प्रेस सेन्टर नेपालको महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले भने, ‘मैले भर्खरै प्रधानमन्त्री छोडेको हुँ, तपाईंहरूले कहाँ सेटिङ गर्दै हुनुहुन्छ त्यो मलाई थाहा छ । तपाईंहरू कहाँबाट लाभ लिन खोज्दै हुनुहुन्छ । मलाई सबै थाहा छ । त्यसो नगर्नुस् ।’
तर उनले यसलाई सुधार्नै नसकिने भन्ने नभएको र आँट गरेर एकताबद्ध गरेर बढ्यो भने सुधार्न सक्ने बताए । अहिले गणतन्त्रमाथि प्रहार भइराखेको पनि उनको भनाइ थियो। साथै उनले यस्तो अवस्था आउँछ भन्ने आफूले अनुमान गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण