मस्तिष्कघात सम्बन्धी दुइदिने ‘मास्टर क्लास’ सम्पन्न
वीरगन्ज । वीरगन्जमा आयोजित दुइदिने स्ट्रोक मास्टर क्लास सम्पन्न भएको छ । नेपाल मेडिसिटी बयोधा अस्पताल वीरगन्ज, नेपाल स्टोक एसोसिएसन र नेपाल स्टोक प्रोजेक्टको संयुक्त आयोजनामा स्ट्रोक मास्टर क्लास आयोजना गरिएको थियो ।
मकवानपुर र मधेसका चार जिल्लाका स्वास्थ्य क्षेत्रमा कार्यरत चिकित्सकहरुलाई स्ट्रोकसम्बन्धी मास्टर क्लास दिइएको हो । शुक्रबार दिउँसोदेखि सुरु भएको दुइ दिने स्ट्रोक मास्टर क्लासमा मस्तिष्कघात (ब्रेन स्ट्रोक)को उपचार र विधिका बारेमा जानकारी दिइएको आयोजकले जनाएको छ ।
पक्षघातका कारण हुने मृत्यु न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रमकोे आयोजना गरिएको आयोजक संस्थाकी गीता शर्माले बताइन् । उनले मधेश प्रदेशमा चकित्सिक र स्वास्थ्य सेवा प्रदायकबीच सीप, ज्ञान र विशेष्ताकव् आदान प्रदानले पक्षघात तथा मृत्युमा न्यूनीकरणमा सहज हुने बताइन् । खासगरी मस्तिष्कघातका कारण बिरामीहरू आक्रान्त भइरहेकाले समयमै उपचार सुनिश्चित गर्न तथा ज्ञान, सीप र स्रोतसाधन अभावका कारण हुने मृत्यु तथा पक्षघात न्यूनीकरण गर्न मास्टर क्लास सहयोगी बन्ने उनको भनाइ छ ।
जीवन बचाउन र पक्षघात रोक्नका लागि चिकित्सक, नर्स, फिजियोथेरापिष्ट, आपतकालीन सेवा प्रदायक र अन्य विशेषज्ञलाई दुइ दिने स्ट्रोक मास्टर क्लासमा पढाइएको नेपाल मस्तिष्कघात एसोसियसनका संस्थापक अध्यक्ष एवं वरिष्ठ न्यूरोलोजिष्ट डा. लेखजंग थापाले बताए । क्लासमा आफूहरु सहभागी भएर धेरै जानकारी प्राप्त गरेको सहभागीहरुको प्रतिक्रिया थियो ।
मस्तिष्कघातको सम्पूर्ण उपचारको सम्भावना र सुधारका उपायहरूबारे गहन छलफल चलाइएको क्लासमा पर्सा, बारा, सर्लाही, रौतहट, मकवानपुरलगायतका चिकित्सक, नर्स तथा पारामेडिक्सहरूकोसमेत सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के छ रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा ? (पूर्णपाठ)
-
रवि लामिछानेको राजनीतिक प्रतिवेदन : परम्परागत ‘वामपन्थी’ र ‘दक्षिणपन्थी’ होइनौँ
-
डेढ लाख ऋण, चार लाख तिरिसक्दा पनि सकिएन अनि त्यागिन् प्राण
-
गुण्डुमा एमाले सचिवालय बैठक
-
रास्वपाको अर्थ राजनीतिक प्रस्ताव : प्रदेश सभा खारेज, स्थानीय तह कटौती (पूर्णपाठ)
-
पुरानो स्टक सकिन लाग्यो, राहदानी छपाइ अब के हुन्छ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण