निरंकुशतावादीलाई कडा कारबाही गर्ने सही समय आयो : अध्यक्ष प्रचण्ड
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेलाई कडा कारबाही गर्ने सही समय आएको बताएका छन् । शनिवार काठमाडौँमा प्रेस सेन्टरको पाँचौँ महाधिवेशन उद्घाटन गर्दै प्रचण्डले गणतन्त्रवादीले निरंकुशतावादी र आपराधिक मनस्थितिका मान्छेहरूलाई कडा कारबाही गरेर आफू पनि सच्चिने र जनताको हितमा अघि बढ्ने सही समय आएको बताएका हुन् ।
सरकारले अहिलेको समयमा कडा कदम चाले आफूहरूको पनि समर्थन हुने उनले बताए । प्रचण्डले सरकारले सम्झौता गर्ने र भ्रष्ट तत्त्वलाई चलखेल गर्ने अवसर प्रदान गरे देशलाई फाइदा नपुग्ने धारणा राखे । उनले समाजवादी मोर्चाले पचासौँ हजारौँ जनता सडकमा नउतारेको भए अझै ठुलो दुर्घटना हुने खतरा देखिएको तर्क समेत गरे ।
निरङ्कुश राजतन्त्रका समयमा पनि सञ्चारमाध्यम उनीहरूको निशानामा परेको भन्दै प्रचण्डले अहिले पनि राजावादीहरूले सञ्चारमाध्यमलाई निशाना बनाएको धारणा राखे । गणतन्त्रवादको मर्मलाई आत्मसात् गर्दै भ्रष्टाचारीको संरचना र बिचौलियासँग साठगाँठ बन्द गरे गणतन्त्रवादीको एकता हुने उनको भनाइ छ । उनले सत्ता गठबन्धनले लाभका लागि सेटिङ गर्दै कर्मचारी नियुक्त गर्न के गरिरहेको छ भन्ने आफूलाई जानकारी भएको उल्लेख गरे ।
राष्ट्र बैङ्कको गभर्नर नियुक्ति गर्दा मुलुकको अर्थतन्त्र सुधार गर्ने गरी अघि बढ्न उनले सुझाव दिए । कार्यक्रममा प्रेस सेन्टरले विभिन्न पुरस्कारबाट पत्रकारहरूलाई सम्मान र पुरस्कृत गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यात्रुलाई दुःख–हैरानी दिएको आरोपमा २३ जना पक्राउ, प्रहरीलाई समेत गरेका थिए अभद्र व्यवहार
-
हवाई इन्धनको मूल्य घटेसँगै आन्तरिक हवाई भाडामा कटौती
-
‘पेट्रोलियम पदार्थको बिक्री वितरण सहज भइसक्यो’
-
एक थिएटरमा कक्षा ८ को ‘स्याल सिंह’ मञ्चन
-
कालो सिसावाला गाडीमा रास्वपाका नेताहरूको सयर : कानुन एकातिर, व्यवहार अर्कातिर
-
पूर्वसचिव भीम उपाध्यायविरूद्ध साइबर ब्युरोमा उजुरी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण