कैलालीमा भारतीय दर्शनार्थी चढेको ट्याक्टर दुर्घटना, एक बालकको मृत्यु
शनिबार, १६ चैत २०८१, २० : ३९

धनगढी । कैलालीको कैलारी गाउँपालिका–५ मनिकापुरमा रहेको बेहडाबाबा मन्दिरको दर्शन गरेर फर्किरहेका भारतीय दर्शनार्थी सवार ट्याक्टर शनिबार दिउँसो दुर्घटनाग्रस्त भएको छ ।
दुर्घटनामा भारतको लखिमपुर खिरीका ११ वर्षीय बालक आयुश बर्माको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिएका छन् ।
घाइते अवस्थामा सेती प्रादेशिक अस्पताल पुर्याइएका बालकलाई चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटनामा २७ जना घाइते भएका छन्, जसमध्ये १२ जनाको उपचार सेती प्रादेशिक अस्पतालमा र १५ जनाको उपचार धनगढीको निसर्ग अस्पतालमा भइरहेको छ ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर, १२ जनाको मध्यम र १२ जनाको समान्य रहेको बताइएको छ । हालसम्म ट्याक्टर दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजनाबद्ध विकासमा केन्द्रित छौँ : मुख्यमन्त्री आचार्य
-
रुस-युक्रेन वार्ता : युद्धबन्दी रिहा गर्ने सहमत, युद्धविरामबारे थप छलफल गरिने
-
बाउन्न वर्षको उमेरमा विद्यालय भर्ना भएर कक्षा १ मा पढ्दै वडासदस्य डल्लीदेवी
-
जसपा नेपालको संगठन निर्माण अभियानको समय थप
-
चर्चित उपन्यासकार रुश्दीमाथि सांघातिक हमला गर्नेलाई २५ वर्षको जेल सजाय
-
क्लबमा आक्रमणको आरोप, गायक क्रिस ब्राउन हिरासतमा